१ जेष्ठ २०८१, मंगलवार

कोरोना संक्रमित युवा भीडभाडमा बढी



धनगढी । कैलालीमा थप दुई जनामा कोरोना संक्रमण भएको पुष्टी भएको छ । चैत १४ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेका युवकका भाउजु र कैलालीकै अर्का युवकमा कोरोना संक्रमण भएको मन्त्रालयले पुष्टी गरेको हो ।
मन्त्रालयले पुष्टी गरेका २१ वर्षीय युवक सरकारले लकडाउन घोषणा गरेपछि भारतबाट फर्किएका थिए ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एंव प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले सरकारले कोरोना भाईरसको संक्रमण फैलिन नदिन चैत ११ गतेदेखि लकडाउन र सीमा नाका बन्द गरेपछि उनी कैलालीको गौरीफन्टा नाका भएर आएको बताए । उनले चैत ११ गते नेपाल प्रवेश गर्नुपर्ने माग गर्दै गौरीफन्टामा नाराबाजीमा उत्रिएको भीडमा उनी पनि सहभागी रहेको पाईएको बताए ।
सरकारले १२ गते सीमा अल्पत्र अवस्थामा रहेका नेपालीहरुलाई १४ दिन क्वारेन्टाइनमा राख्ने गरि उद्दार गर्ने निर्णय गरेको थियो । सोही निर्णय पछि ती युवकलाई उद्दार गरेर क्वारेन्टाइनमा राखिएको थियो ।
भारतको मुम्बइमा होटलमा काम गर्दै आएका ती युवक १३ गते विहान लम्की चुहा नगरपालिका वडा नम्बर ९ को प्रतापपुरस्थित सरस्वती माध्यामिक विद्यालयको क्वारेन्टाइनमा राखिएको जनाइएको छ । युवक प्रदेश सरकारले व्यवस्था गरेको बसमा लम्की पुगेका थिए । ती युवक सवार बसमा २५ जना पनि अन्य नेपाली पनि रहेका थिए ।
कैलाली प्रहरी प्रमुख सुदीप गिरीले भने –‘ती युवकसंग सम्पर्क भएका सबै व्यक्तिहरुको ट्रयाक गरिरहेका छौं ।’ उनले ती युवकको घरपरिवारमा सम्पर्क नरहेको बताए ।
उनले भने –‘युवक घर पुगेको एक घण्टामै प्रहरी टोलीले क्वारेन्टाइनमा राखेको थियो । ती युवकले घर परिवारसंग भेटघाट नगरेको प्रतिक्रिया दिएका छन ।’ युवकका घरपरिवार अहिले घरमै रहेको बताए । प्रहरी प्रमुख गिरीले भने –‘घर परिवारमा संक्रमणको परिक्षण गर्ने नगर्ने बारे मैले केही भन्न सक्दैन ।’
उनको निगरानीमा संलग्न स्वास्थ्यकर्मीका अनुसार बिहान घरबाटै युवकलाई क्वारेन्टाईनमा ल्याईएको थियो । नमुना संकलन गरी परिक्षणका लागि काठमाडौँ पठाएकोमा रिर्पोट पोजेटिभ आएपछि एम्बुलेन्स मार्फत सेती प्रादेशिक अस्पताल पुगाईएको जनाइएको छ ।
अस्पतालको आईसोलेसनमा राखिएको उनमा खासै लक्षण नदेखिएको र सामान्य लक्षण मात्र भएको चिकित्सक जगदिश जोशीले बताए । ‘केन्द्रवाट आएको निर्देशन अनुसार समान्य लक्षण मात्र रहेकी उनलाई ल्याएर अस्पतालको आईसोलेसनमा राखिएको हो’ उनले भने ।
सरकारले लकडाउन गरेपछि ११ गतेदेखि ती युवक सहित सयौ नेपालीहरु सीमामा अल्पत्र रहेका थिए । त्यहा रहेका नेपालीहरुले सुरक्षाकर्मीमाथि समेत ढुङ्गामुढा गर्न थालेपछि बल प्रयोग गर्नुपर्ने अवस्था आएको थियो । सीमामा अल्पत्र नेपालीहरुलाई उद्दार गर्न प्रदेश सरकारले ३० वटा बसको व्यवस्थापन गरेर सम्बन्धित जिल्लामा पुर्याएको थियो । सो दिन नाकामा कैलाली, कञ्चनपुर, अछाम, डोटीलगायतका १९ जिल्लाका नेपालीहरु रहेका थिए ।
यस्तै अर्की महिला चैत ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका कोरोना संक्रमित युवककी भाउजु हुन । युवकका भाउजुलाई शनिवार सेती प्रादेशिक अस्पतालको आईसोलेसन कक्षमा भर्ना गरिएको थियो । सेती अस्पतालका आकस्मिक कक्ष बिभाग प्रमुख चिकित्सक जगदिश जोशीले शनिवार बिहान ८ बजेतिर एम्वुलेन्स घरमा पठाएर उनलाई अस्पताल ल्याएर आईसोलेसनमा राखिएको बताए । उनीमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिए पनि कुनै लक्षण देखा नपरेको जनाइएको छ ।
कोरोना भाईरस कोभिड १९ को संक्रमण भएका युवाका परिवारलाई लक्षण देखा नपरेकाले बिश्व स्वास्थ्य संगठनको गाईडलाईन अनुसार नमुना जाँच गर्न नमिल्ने भन्दै शुरुमा आनाकानी गरेका चिकित्सकले गत बुधवार (चैत १९) गते परिवारका सहित १० जानको नमुना सँकलन गरेर जाँचका लागी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौ पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार