१ जेष्ठ २०८१, मंगलवार

एनआईसी एशियाद्धारा गरीव तथा मजदुरलाई रुपैया र खाद्यान्न सहयोग



धनगढी । एनआईसी एशिया बैंबकले लकडाउनबाट प्रभावित गरीव तथा ज्यालादारी गरी खानेहरुलाई तीन लाख ७५ हजार रुपैया बराबरको खाद्यान्न र राहत सामग्री हस्तान्तरण गरेको छ । एनआईसी एशिया बैंकका सुदूरपश्चिम तथा कर्णाली प्रदेश प्रमुख टेकराज भट्टले बैंकका तर्फबाट लकडाउनका कारण छाक टार्न समस्या भएका कैलाली र कञ्चनपुरका बिभिन्न क्षेत्रका एक सय ९० परिवार गरीव तथा मजदरलाई दैनिक उपभोग्य वस्तुहरु स्थानीय तह मार्फत प्रदान गरे ।

कञ्चनपुरको बेतकोट नगरपालिका, कैलालीको गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका, बर्दगोरिया कैलारी र जोशीपुर गाउँपालिकाका प्रमुख मार्फत गरीव तथा बिपन्न परिवारलाई चामल, दाल, नुन तेल लगायतका अत्यावश्यकीय दैनिक उपभोग्य वस्तु प्रदान गरिएको बैंकले जनाएको छ ।

बिपतको घडीमा सामाजिक उत्तरदायित्व बहन गर्दै अप्ठ्यारोमा परेका बर्गलाई बैंककातर्फबाट अत्यावश्यकीय उपभोग्य वस्तु प्रदान गरिएको एनआईसी एशिया बैंकका सुदूरपश्चिम तथा कर्णाली प्रदेश प्रमुख टेकराज भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार