१ जेष्ठ २०८१, मंगलवार

कोरोना बारे अफवाह फैलाउने एक युवक पक्राउ



कञ्चनपुर । विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरस (कोभिड – १९) सम्बन्धि कञ्चनपुरमा अपवाह फैलाउने एक जना युवक पक्राउ परेका छन् ।

महेन्द्रनगरस्थित ‘महाकाली अस्पतालमा कोरोना भाइरसको संक्रमणका कारण एक जनाको मृत्यु भयो’ भनेर सामाजिक सञ्जालमा गलत हल्ला फैलाउने एक युवक गोपाल सुनार लाई शुक्रवार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

उनलाई कोरोना बारे सामाजिक सञ्जालमा अपवाह फैलाएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सामाजिक सञ्जालमा उल्लेख गरेको छ ।

पक्राउ परेका सुनारले शुक्रवार बिहान सामाजिक सञ्जालमा ‘महेन्द्रनगरको अञ्चल अस्पतालमा एक जनाको मृत्यु, कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ’ भनेर सामाजिक सञ्जालमा लेखेका थिए । 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार