२ जेष्ठ २०८१, बुधबार

‘सुदूपश्चिम सरकार नागरिकप्रति संवेदशील देखिएन’



धनगढी । सुदूरपश्चिम सरकारसँग कोरोना भाइरसको संक्रमणबाट बच्न प्रदेश सरकारले ठोस कदम नचालेको भन्दै सुदूरपश्चिमका कांग्रेस जिल्ला सभापतिहरुले ध्यानाकर्षण गराएका छन्।

प्रदेश सरकारसँग बजेटको अभाव नहुँदा समेत अत्यावश्यक सुरक्षा सामग्रीमा खर्च नगरेको जिल्ला सभापतिहरुले विज्ञप्ति मार्फत जनाएका छन्। मास्क र सेनिटाइजर समेत नपाउने अवस्था आएको बताइएको छ।

गरिब/उत्पीडित/असहाय र दैनिक ज्यालादारी गरि गुजारा गर्नेहरुका लागि प्रदेश सरकारले राहत  वितरण गर्न नसकेको जिल्ला सभापतिहरुले आरोप छ। स्वास्थ्यकर्मी,सुरक्षाकर्मीलाई आवश्यक सुरक्षा सामग्रीको प्रबन्ध नगरिएकोप्रति आपत्ति जनाइएको छ।

आवश्यक सामाग्रीहरु जुटाई कोरोना भाइरसद्वारा संक्रमित र शंकास्पदहरुको परीक्षण र उपचारमा केन्द्रित हुन प्रदेश सरकारको ध्यानाकर्षण गरिएको छ।

महाकाली नदी पारी आफ्नो देशको सिमानामा आएर आफ्नै मुलुकमा प्रवेश गर्न नपाएको दर्दनाक अवस्थाप्रति सरकार गम्भीर बन्न सुझाइएको छ।

‘जन्मसिद्ध अधिकार र मौलिक हक हनन भएको’ विज्ञप्तिमा उल्लेख छ।

महाकाली नदीपारी धार्चुलास्थित नेपाल-भारतको सिमानामा रोकिएका नागरिकलाई राज्य आफ्नो साथमा रहेको अनुभूति दिलाउन आग्रह गरिएको छ।

बिना हेलचेक्र्याईं प्रवेश गराई क्वारेन्टाइनमा राख्न सुझाव दिइएको छ।

विज्ञप्ति निकाल्ने सुदूरपश्चिमका कांग्रेस जिल्ला सभापतिहरुमा डडेल्धुरा कर्णबहादुर मल्ल, बाजुराका कविराज पण्डित, अछामका भरत बहादुर स्वाँर, बझाङका हर्कजंग बहादुर सिंह, डोटीका प्रदीप देउवा छन्। त्यस्तै दार्चुलाका ललित सिंह बोहरा, बैतडीका नरेन्द्र सिंह थापा, कञ्चनपुरका हरिप्रसाद बोहरा र कैलालीका  नरनारायण शाह छन्।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार