१० श्रावण २०८१, बिहीबार

पूर्वमन्त्री सोडारीद्धारा विपन्नलाई राहत वितरण



धनगढी । सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकासमन्त्री तथा प्रदेश सभा सदस्य दीर्घवहादुर सोडारीले गौरीगंगा नगरपालिकाका वडा नम्बर १, २, ५ र गोदावरी नगरपालिकाका वडा नम्बर ९ का विपन्न परिवारका लागि ६० पोका खाद्यान्न सामाग्री वितरण गरेका छन् ।


शुक्रबार ती वडाका वडा अध्यक्ष र अगुवाहरुलाई सो खाद्यान्न सामाग्री वितरण गरिएको हो । ती पोकामा चामल, दाल, चिउरा, खाने तेल र नून राखिएको छ ।
आज अतिआवश्यक पर्ने समूदायका लागि प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट ल्याएर खाद्यान्न दिएका छौ पूर्वमन्त्री सोडारीले भने फेरि पनि कोही विपन्न र मजदूर परिवारलाई आवश्यक परे खाद्यान्न लगायतका दैनिक उपभोग्य सामाग्रीको जोहो गर्ने छौ ।
वडा नम्बर १ वडाअध्यक्ष जगतराम चौधरीका अनुसार सो वडाका २१ वादी परिवारलाई खाद्यान्न दिइएको छ । वडा नम्बर २ का वडा अध्यक्ष जनक साउदले पनि वादी परिवारलाई नै खाद्यान्न दिइएको बताए । यस्तै गोदावरी वडा नम्वर ९ का २० विपन्न परिवालाई वडा अध्यक्ष लाहनु चौधरीको सल्लाहमा सो खाद्यान्न सामाग्री वितरण गरिने वताए ।
हामीले पनि वडाबाट राहत वितरण गरिरहेका छौ केही कम पर्ला जस्तो छ त्यस्तो परे सहयोग माग्ने छौ गौरीगंगा वडा नम्बर ५ का अध्यक्ष जंग विकले बताए ।

राहत वितरणमा गौरीगंगा नगरपालिकाका उपप्रमुख अञ्चला चौधरी, नेकपा (नेकपा) का प्रदेश सदस्य हिक्मत कुँवर , नेकपाकै कृष्णबहादुर देउवा, नेकपा गौरीगंगा नगर कमिटीका अध्यक्ष डिल्लीराम आचार्य, सचिव शान्ति सिंह लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार