२ जेष्ठ २०८१, बुधबार

ऐश्वर्य बहुमुखी क्याम्पस प्राध्यापकहरुले गरे धनगढीलाई खाध्यान्न हस्तान्तरण



धनगढी । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण मुलुक लकडाउनमा छ । लकडाउनका कारण दैनिक ज्याली मजुदरी गरेर जीवन निर्वाह गर्ने विपन्न समुदायमा अत्यन्तै समस्या परेपछि धनगढी क्षेत्रका विपन्न समुदायका लागि सामाजिक उत्तरदायित्व अन्तरगत शुक्रबार ऐश्वर्य बहुमुखी क्याम्पस प्राध्यापक संघ र कर्मचारीहरुले धनगढी उपमहानगरपालिकाका खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ ।

उक्त सामाग्री ऐेश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख श्री धर्मदेव भट्टले एक कार्यक्रमका विच धनगढी उपमहानगरपालिका नगर प्रमुख श्री नृप वहादुर वडलाई हस्तान्तरण गरे । ।

लकडाउनका कारण २ छाक टार्न पनि समस्यामा परेका विपन्न समुदायलाई केही सहयोग र राहत होस भन्ने उद्धेश्यले सामाजिक उत्तरदायित्व अन्तरगत करिब ४५०००-/ बराबरको खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको क्याम्पस प्रमुख भट्टले बताए । जसमा चामल २७५ केजी , मसुर दाल ५० केजी,अरहर दाल ५० केजी,मास दाल ५० केजी र तेल ६० लिटर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार