२ जेष्ठ २०८१, बुधबार

वडा कार्यालयमा खाध्यान्न हस्तान्तरण



कैलालीकाे धनगढीस्थित संगम सहकारी संस्थाले खाध्यान्न सहयाेग गरेकाे छ । सहकारीले शुक्रबार धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा खाध्यान्न सहयाेग गरेकाे हाे ।

काेराेना भाइरस (काेभिड-१९) काे जाेखिम नियन्त्रण तथा व्यवस्थापन गर्न सरकारले ११ गतेदेखि लकडाउन जारी गरेकाे छ । लकडाउनका कारण अार्थिक अवस्था नाजुक, दैनिक ज्यालादारीमा अाश्रित परिवारहरू समस्या रहेका छन् । गरिव तथा विपन्न वर्गकाे दैनिकीमा अत्यावश्यक बस्तुकाे अभाव हुन नदिन खाध्यान्न वडा कार्यालयमा हस्तान्तरण गरिएकाे सहकारीका अध्यक्ष नरेश विष्टले बताए ।

सहकारीले वडा कार्यालयमा पाँच क्विन्टल चामल र स्थानीय समाजसेवी भरत चन्द एक क्विन्टल चामल वडा अध्यक्ष बलबहादुर एेरलाइ हष्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार