२ जेष्ठ २०८१, बुधबार

तत्काल अल्पत्र नेपालीको उद्दार गर्नुपर्छः प्रदेश सभा सदस्य बम



नन्दाकुमारी बम प्रदेश सभा सदस्य, दार्चुला

धनगढी । सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा सार्वजनिक लेखा समिति सभापति नन्दाकुमारी बमले भारतको धार्चुलामा रोकिएका नेपालीहरुको तत्काल उद्दार गरी नेपाल ल्याउन माग गरेकी छन् ।

उनले दार्चुला जिल्लासँग सीमा जोडिएको भारतको धार्चुलामा रहेका नेपालीहरुलाई खान, बस्न समस्या भएको भन्दै नेपाल सरकारलाई सीमा खोलेर जन्मभूमिमा ल्याउन माग गरेकी हुन् ।
नेपालमा क्वारेन्टाइन रहेको र उनीहरुलाई नेपाल ल्याएर त्यही क्वारेन्टाइनमा राख्नुपर्ने उनको माग रहेको छ ।

रोजगारीको सिलसिलामा भारतका विभिन्न ठाउँमा रहेका नेपालीहरु (सुदूरपश्चिमबासी) भारत लगायत विश्वभर कोरोना भाइरसको संक्रमण बढेपछि काम छोडेर आफ्नो घर आउन लागेका थिए । तर, सरकारको लकडाउनका कारण चार पाँच दिनदेखि धार्चुलामा बस्न बाध्य छन् ।

त्यहाँ रहेका केही ब्यक्तिहरु महाकाली नदीमा हाम फालेर नेपाल छिरे पनि अझै सात आठ सयको संख्यामा नेपाल प्रवेश पाउने आशामा धार्चुलामै बसेका छन् । उनले धार्चुलामा रहेका नेपालीहरुले आफनै भुमिमा आउन पनि नारा जुलुस गर्नु दुःखद रहेको बताइन् ।

उनले नेपालीहरुलाई आफनै जिल्लामा ल्याउन प्रदेश सरकार मौन रहेको बताइन । ‘यस्तो महामारीको समयमा पनि अल्पत्र रहेका आफनै भुमिका नेपालीहरुलाई उद्दार गर्नमा तीनै तहका सरकार मौन बस्नु दुःखद हो’ उनले भनिन् –‘प्रदेश, स्थानीय तह, नेपाली सेनाले स्थापना गरेका क्वारेन्टाइनमा १४ दिने राख्ने व्यवस्था सहित उनीहरुलाई नेपाल ल्याउन पहल होस् ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार