२ जेष्ठ २०८१, बुधबार

महाकालीमा पौडी खेलेर आएका डडेल्धुराका तीनजनालाई क्वारेन्टाइनमा राखियो



डडेल्धुरा– भारतको पिथौरागढबाट घर फर्किएका आलिताल गाउँपालिका-३ कुलेडीका ३ जनालाई क्वारेन्टाइनमा राखिएको छ।

उनीहरूलाई आलिताल गाउँपालिकाले आफैंले निर्माण गरेको क्यारेन्टाइनमा राखेको हो। भारतको पिथौरागढमा ज्याला मजदुरी गर्दै आइरहेका आलिताल गाउँपालिका-३ कुलेडीका किरण डडाल, गोपाल डडाल र प्रकाश डडाललाई क्वारेन्टाइनमा राखिएको हो।

विश्वभर कोरोना भाइरसको महामारी फैलिँदै गएपछि  कामकाजहरू प्रभावित हुँदा ठेकदारले उनीहरूलेलाई कामबाट निकालेको थियो।

ठेकेदारले कामबाट निकालेर २ हजार गाडी भाडा दिएर पठाएकोमा ३ दिन लगाएर नेपालको सिमानासम्म आइपुगेको र नेपालमा भएको लकडाउनका कारण महाकाली नदीमा पौडी खेलेर नेपाल प्रवेश गरेको उनीहरूको भनाइ छ।

उनीहरुलाई अहिले आलिताल गाउँपालिकाले १४ दिनको क्वारेन्टाइनमामा राखेको आलिताल गाउँपालिका उपाध्यक्ष जलाकुमारी विष्ट वोगटीले जानकारी दिइन्।

उनीहरूको स्वास्थ्य स्थिति भने सामान्य रहेको आलिताल स्वास्थ्य शाखा प्रमुख धनबहादुर क्षेत्रीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार