२ जेष्ठ २०८१, बुधबार

ज्याला मजदुरी गरेर खाने वर्गलाइ हिमशिखर सहकारी संस्थाको सहयोग



धनगढी । विश्व महामारिको रुपमा देखिएको कोरना भाईरस संग सामना गर्न नेपालमा पनि लकडाउन भएको दुई साता बित्न थालेको छ । लकडाउनले दैनिक ज्याला मजदुरी गरेर खाने वर्गलाई भने समस्या देखिएको छ । कैलालीको हिमशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले खाद्यान्न सहयोग गरेको छ ।

सहकारीका उपाध्यक्ष रोसन सिंहले धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वडलाई उक्त खाद्यान्न हस्तान्त्रण गरेका हुन् । मजदुरी गरेर खाने घरपरीवारलाई केहि राहत पुगोस भन्ने पबित्र उद्देश्यका साथ हिमशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ५० केजी चामल र ५० लिटर तेल सहयोग गरेको सहकारीका उपाध्यक्ष सिंहले बताए ।

मजदुरी गरेर खाने वर्गलाई उप्लब्ध गराउन बिहिवार सहकारीका उपाध्यक्ष सिंहले उपमहानगरपालीकामा खाद्यान्न हस्तान्त्रण गरेको साथै उक्त सहकारीले बिभिन्न ठाउमा समाज सेवामा यस्ता सहयोगी कार्यहरु गदै आईरहेको कर्मचारी यूवराज जोशीले वताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार