२ जेष्ठ २०८१, बुधबार

धनगढी उप–महानगरले छाक टार्न समस्या भएकालाई खाद्यान्न बाड्न थाल्यो



धनगढी । धनगढी उप–महानगरपालिकाले लक डाउनका कारण छाक टार्न समस्या भएका ब्यक्ति र परिवारलाई मंगलबार देखि खाद्यान्न बाड्न थालेको छ ।

छाक टार्न समस्या भएका ब्यक्ति र परिवारहरुलाई वडातहबाट नै राहत स्वरुप चामल, दाल, तेल, नुन, तरकारी वितरण गर्न थालेको नगरप्रमुख नृपबहादुर वडले बताए । नगरप्रमुख वडका अनुसार रातह वितरणका लागि वडाहरुमा अध्यक्षको संयोजकत्वमा सर्वदलिय/सर्व पक्षिय समिति गठन गरि कलडाउनका कारण छाक टार्न समस्या भएकाहरुको विवरण संकलन गरिएको थियो । सर्वदलिय/सर्व पक्षिय समितिले संकलन गरेको बिवरणका आधारमा राहत वितरण सुरु भएको छ । नगरप्रमुख वडले वडा नं ८ र ५ मा बिहानै देखि राहत वितरण सुरु भैसकेको छ । अन्य वडाहरुमा पनि वितरण गरिने खाद्यान्न पु¥याउने काम भैरहेको नगरप्रमुख वडले बताए ।

धनगढी उप–महानगरपालिका वडा नं ८ का अध्यक्ष नारायण प्रसाद बरालले लकडाउनका कारण छाक नै चल्न नसकेका २ सय परिवारलाई राहत स्वरुपको खाद्यान्न वितरण गरिएको बताए । वडा नं ५ मा पनि खाद्यान्न वितरण गर्ने काम सुरु भएको अध्यक्ष हिरा सिं पातलीले बताए ।

अहिले वितरण गरिएको खाद्यान्न खाईसकेपछि सोही बिवरणका आधारमा खाद्यान्न फेरी वितरण गरिने नगरस्तरीय बिपद ब्यबस्थापन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार