मुख्यमन्त्रीले लिए भिडियो कन्फ्रेन्सबाट नौवटै जिल्लाको जानकारी
धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले भिडियो कन्फ्रेन्सबाट प्रदेशका नौवटै जिल्लाको अवस्था बारे जानकारी लिइरहेका छन्
।
कोरोना भाइरसका कारण उत्पन्न परिस्थिति बारे प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख, जिल्लाका स्वास्थ्य कार्यालयका प्रमुख लगायतसंग उनले भिडियो कन्फ्रेन्सबाट जानकारी लिइरहेका छन ।
मुख्यन्त्रीले क्वारेन्टाइनमा बस्नेहरुको अवस्था, खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तु मौज्दात रहे नरहेको वारेमा पनि चाँसो राखेका छन । सो अवसरमा सीमा क्षेत्रमा अलपत्र परेका नेपालीको अवस्था वारे पनि मुख्यमन्त्री भट्टले जानकारी लिएका थिए । विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी र स्वास्थ्यका अधिकारीहरुले स्वास्थ्यकर्मीले प्रयोग गर्ने सामाग्री, विभिन्न खालका औषधि र खाद्यान्नको अभाव हुन थालेको बताएका थिए ।
प्रदेश सभा सचिवालय धनगढीमा रहेका भिडियो कन्फ्रेन्सबाट मुख्यमन्त्रीले नौ वटै जिल्लासँग सम्वन्धित अधिकारीहरुसंग छलफल चलाइरेहका हुन । संयुक्त राष्ट संघको संसद सहयोग परियोजनाले संसद सचिवालय, आठ वटा जिल्ला समन्वय समिति र टीकापुर नगरपालिकामा भिडियो कन्फ्रेन्स प्रणाली जडान गरेको छ ।
छलफल अहिले पनि जारी रहेको छ । छलफलमा प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाह, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीको पनि सहभागिता छ । यस्तै गरेर छलफलमा कैलालीबाट धनगढी उपमहानगरपालिकाका प्रमुख नृप वड, प्रमुख जिल्ला अधिकारी यज्ञराज वोहरा लगायतको पनि सहभागिता छ ।