१ जेष्ठ २०८१, मंगलवार

कोरोना भाइरस रोकथामका लागि कृषि विकास बैंकद्धारा ५ लाख सहयोग



धनगढी । सुदूरपश्चिममा कोरोना भाइरस रोकथामका लागि कृषि विकास बैंक लिमिटेड सुदुरपश्चिम प्रदेश कार्यालयले ५ लाख रुपैया सहयोग गरेको छ।

सोमबार कृषि विकास बैंक लिमिटेडका सुदूरपश्चिम निर्देशक गोकुल प्रसाद पनेरूले प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरालाई ५ लाखको चेक हस्तान्तरण गरेका छन्।

चेक हस्तान्तरण गर्दै निर्देशक पनेरुले सुदूरपश्चिम प्रदेश सरकारद्वारा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्थापना गरेको राहत कोषमा रकम सहयोग गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार