२३ बैशाख २०८१, आईतवार

व्यवसायी महतोले गरे सुरक्षा र स्वास्थ्यमा खटिएका कर्मचारीलाई सहयोग



धनगढी । लकडाउनको समयमा ड्युटीमा खटिएका सुरक्षा र स्वास्थ्यकर्मीलाई सहयोग गरिएको छ । कैलाली बर्दगोरिया गाउँपालिका वडा नम्बर-१ बौनियाका सफल व्यवसायीले ओमनारायण महतोले आइतबार खाद्यान्न सामाग्री वितरण गरेका हुन् ।

लक डाउनको छैटौं दिनसम्म निरन्तर रूपमा सेवामा खटिएका सुरक्षा र स्वास्थ्यकर्मीलाई सहयोग गरिएको बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष रुपक सुनारले जानकारी दिए । अध्यक्ष सुनारका अनुसार २ सय ७० प्याकेट चाउचाउ र २ सय ४० बोतल पानी व्यापारी महतोमार्फत सुरक्षा र स्वास्थ्यकर्मीलाई हस्तान्तरण गरिएको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसको महामारीको विषम परिस्थितिमा पनि अहोरात्र नागरिकको सुरक्षाका खटिने सुरक्षा र स्वास्थ्यकर्मीहरुलाई आफूले सामाजिक उत्तरदायित्व सम्झेर सहयोग गरेको व्यावसायी महतोले बताए ।

विशेष गरि प्रकोपको समयमा उद्दार, राहत र मानवीय सेवामा काम गर्दै आएका व्यक्तित्वहरुलाई सम्झिनुपर्ने हाम्रो पनि सामाजिक उत्तरदायित्व हो, उनले भने-‘हामी सबैले आआफ्नो ठाँउबाट यस्तो बेलामा सक्दो सहयोग गर्नुपर्ने हुन्छ ।’

उनले आम नागरिकलाई स्वास्थ्य सुरक्षा सतर्कता अपनाउँदै सरकारले जारी गरेको निर्देशनको लकडाउनको पूर्ण रूपमा पालना गर्न सहयोग गर्नुपर्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार