२३ बैशाख २०८१, आईतवार

लायन्स क्लव धनगढी ग्रिन सिटीद्धारा मजदुरका लागि खाद्यान्न सहयोग



धनगढी । लायन्स क्लव धनगढी ग्रिन सिटीले लक डाउनका कारण छाक टार्न समस्यामा परेका मजदुरका लागि भन्दै खाद्यान्न समाग्री उपलब्ध गरेको छ ।

आईतबार धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई लायन्स क्लव धनगढी ग्रिन सिटीका अध्यक्ष गोविन्द खतिवडा र कोषाध्यक्ष शंकर प्रसाद तिवारीले हस्तान्तरण गरेका हुन । क्लवका अध्यक्ष खतिवडा अनुसार मजदुरका लागि भनेर ५० कट्टा चामल, ६० पाकेट तेल १ सय पोका नुन, २ बोरा सोयाविन हस्तान्तरण गरिएको छ ।

नगरप्रमुख नृपबहादुर वडले प्राप्त भएको खाद्यान्नलाई छाकटार्न समस्या भैरहेका मजदुरलाई वितरण गरिने बताए । उनले भने, लायन्स क्लव धनगढी ग्रिन सिटीले सामाजिक उत्तरदायीत्व सम्झेर सहयोग गरेको छ हामी धन्यवाद दिन चाहन्छौं । लायन्स क्लव धनगढी ग्रिन सिटीका अध्यक्ष गोविन्द खतिवडाले संस्थापक सदस्य लायन मोहन सिंह साउद , संस्थापक सदस्यहरु तथा क्लवका सबै सदस्यको बिशेष सहयोगमा खाद्यान्न उपलब्ध गर्न सकेको बताए । उनले भने, लायन्स क्लव धनगढी ग्रिन सिटी मानवीय समस्यामा सधै सहयोग गर्ने संस्था हो ।

यस अघि धनगढी उप–महानगरपालिकाले अपिल मार्फत सहयोग गर्न चाहनेलाई नगरस्तरीय विपद ब्यबस्थापन समिति मार्फत सहयोग गर्न अनुरोध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार