२३ बैशाख २०८१, आईतवार

डडेल्धुरामा कोरोना आशंकामा एक जनाको नमुना संकलन



डडेल्धुरा । डडेल्धुरामा कोरोना भाइरस (कोभिड १९) को आशंकामा एक जनाको नमुना संकलन गरिएको छ ।

जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ९ का अन्दाजी २० बर्षीय पुरुष १० दिन अगाडी भारतको मुम्बैबाट घर आएको परिवारीक स्रोतले जनाएको छ । उनलाई रुखाखोकी र समान्य ज्वरो देखिएकाले अमरगढी नगरपालिकाको पहलमा डडेल्धुरा अस्पतालमा ल्याइ नमुना संकलन गरिएको डडेल्धुरा अस्पतालका सुचना अधिकारी टंकप्रशाद पन्तले बताए ।

उनले भने, हामीले अहिले कोरोना परिक्षणका लागि नमुना संकलन गरिसकेका छौ, उनका थप निमोनीया लगायतको रिर्पोट आउन बाकीँ छ, अबस्था समान्य छ । संकलन गरेको नमुना परिक्षणका लागि स्वास्थ्य निर्देशनालाय हुदैँ काठमाण्डौ पठाईने छ । १० दिने पहिले घर आएका उनी होम क्वारेन्टाइनमा नबसेको पाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार