२३ बैशाख २०८१, आईतवार

सिमामा अलपत्र नेपालीको उद्धार



धनगढी । धनगढी उप–महानगरपालिका र कैलाली प्रशासनको सहकार्यका त्रिनगर भन्सार नाकामा अलपत्र परेका ६४ जना नेपालीहरुलाई उद्धार गरेको छ ।

उद्धार गरिएका धनगढीका १२ जनालाई क्वारेन्टाईनमा राखिएको छ । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडका अनुसार उद्धार गरिएकाहरुमा धनगढीका १२ जना, गौरीगंगा नगरपालिकाका ११ जना, लम्कीचुहाका १ जना, घोडाघोडीका १ जना, टिकापुरका ७ जना, जानकीका १ जना, भजनीका १ जना र बाँके जिल्लाका १५ जनालाई उद्धार गरेर सम्वन्धीत ठाउँमा पठाईएको छ ।

उनिहरुलाई सम्वन्धीत ठाउँमा नै क्वारेन्टाईनमा राख्ने गरि पठाईएको छ । त्यसैगरी सिमामा रहेका डोटीका ४ जना, बाजुराका १३ , बैतडीका १ जना, अछामका १ जना र डडेल्धुराका १ जनालाई सम्वन्धीत जिल्लामा नै क्वारेन्टाईनमा राख्नेगरि पठाउने तयारी काम भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार