१ जेष्ठ २०८१, मंगलवार

चिकित्सकले भेटे स्वास्थ्य अवस्था साेधे फर्के



धनगढी । धनगढीका काेराेना संक्रमित युवालाइ चिकित्सकले भेटघाट गरेका छन । भेटघाटमा स्वास्थ्य अवस्थाकाे जानकारी लिएर चिकित्सक फर्केका थिए । शनिबार साँझ चिकित्सकले भेटघाट गरेपछि अहिले उनी ताताेपानीकै भरमा उपचारमा रहेका छन ।

ती युवाले भने- चिकित्सकले यसकाे अाैषधि केही नरहेकाे त्यसैले स्वास्थ्यमा अाफै ध्यान दिनु भनेका छन । उनलाइ चिकित्सकले केही समस्या भए फाेन गर्न भनेर गएकाे बताए ।

अहिले युवाकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार