१ जेष्ठ २०८१, मंगलवार

मेडिकल सामान सातवटै प्रदेशमा उपलब्ध हुनुपर्छः नेपाली काँग्रेस



 धनगढी । सरकारले चिनबाट ल्याउन लागेकाे मेडिकल सामान सात वटै प्रदेशमा यथाशिघ्र वितरणा हुनुपर्ने नेपाली काँग्रेसले माग गरेकाे छ । अाज (शनिबार) राती मेडिकल सामान ल्याएर पुग्ने जहाजबाट अाएका सामाग्रीहरू सातवटै प्रदेशमा वितरण गरिनुपर्ने काँग्रेसकाे माग रहेकाे छ ।

नेपाल एयरलाइन्सको वाइडबडी जहाज आज चिनको ग्वान्जाओबाट मेडिकल सामान ल्याएर पुग्ने भएकाे छ । सुदूरपश्चिम नेपाली काग्रेस संसदीय दलका नेता रणबहादुर रावलले प्रदेशमा पिपिइ नहुँदा स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकहरूले सेवा प्रदान नगरेकाेले यथाशिघ्र अावश्यक सामाग्री व्यवस्था गर्न प्रदेश सरकारसंग माग गरिएकाे बताए । उनले भने -यदि प्रदेश सरकार यसमा गम्भिर भएन भने हामी जुनसुकै कदम चाल्न पनि तयार रहेका छाैं ।

परराष्ट्र मन्त्रालयको सहयोगमा भारत, बंगलादेश‚ म्यानमार र चीनको अनुमतिमा नेपाल एयरलाइन्सको वाइडबडी जहाज चीनको गोन्जाओ लगिएको प्राधिकरण महानिर्देशक राजन पोखरेलले जानकारी दिए।

उक्त जहाजमा कोरोना परीक्षणका लागि आवश्यक मेडिकल सामान ल्याइने छ।

जहाज शनिबार नै राती पुग्ने जनाइएकाे छ । ती सामाग्री प्रदेशभरीका अस्पताल तथा एम्बुलेन्स चालकलाइ उपलब्ध गराउन दलकाे कार्यालयले माग गरेकाे छ । नेता रावलले यस विषयमा प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्ट र अान्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहसंग कुराकानी भइसकेकाे बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार