८ जेष्ठ २०८१, मंगलवार

सिद्धार्थ बैँकले जम्मा गर्याे काेषमा रकम



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले काेराेना भाइरस नियन्त्रण तथा व्यवस्थापनका लागि ४० कराेडकाे काेष खडा गर्ने निर्णयसंगै धनगढीकाे सिद्धार्थ बैँकले रकम सहयाेग गरेकाे छ ।

बैंकले सुदूरपश्चिम प्रदेश सरकारलाई १० लाख सहयोग गरेको हाे।

शनिबार बैकको प्रदेश कार्यालयका प्रमुख पवन चन्द्र अधिकारी र धनगढी शाखाका प्रबन्धक नितेश श्रेष्ठले १० लाखको चेक सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई हस्तान्तरण गरेका छन।

चेक बुझ्दै मुख्यमन्त्री भट्टले संकटको समयमा बैकले गरेको सहयोग प्रति धन्यावाद व्यक्त गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार