९ जेष्ठ २०८१, बुधबार

संक्रमित युवाका अाफन्तकाे थ्राेट स्वाव संकलन शुरू



धनगढी । कैलालीको धनगढीमा पुष्टी भएका कोरोना संक्रमितका आफन्तहरुको थ्रोट स्वाव संकलन शुरु भएको छ ।
शनिबार विहान ११ बजेतिर परिवारका सबैजनालाई सेती प्रदेशिक अस्पतालको एम्बुलेन्समा अस्पताल ल्याइएको थियो । अस्पतालको आइसोलेसनमा राखि स्वाब संकलन भइरहेको कैलालीका प्रहरी प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए ।
शुक्रबार धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का युवामा कोरोना भाइरसको पुष्टी भएको थियो । उनको परिवारमा बुवा, आमा, दाजु भाइजु र भतिजी, श्रीमती र छोरी गरी ७ जना छन् ।
‘परिवारका सदस्यको स्वाब संकलन भइरहेको छ । त्यसका लागि एक समिति नै गठन भएको छ,’ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले भने । उनले त्यो समितिले उनको आवागमनको हिस्ट्री पनि तयार पार्ने बताए ।
चैत ६ गते दुबईबाट काठमाडौं पुगेका धनगढीका ती युवा, विराटनगरका एक साथीस“गै काठमाडौं पुगेको बताइएको छ ।
धनगढीका लागि सिधै जहाजको टिकट नपाएपछि चैत ८ गते दिउ“सो बुद्ध एयरको विमानबाट नेपालगञ्ज आएको प्रहरीले बताएको छ । नेपालगञ्जबाट पनि उनी माइक्रो बस (हाइस)मा धनगढी आएका हुन् ।
ती युवाको परिवारका सदस्य र अन्य आफन्तस“ग पनि भेटघाट भइसकेको प्रहरीले जनाएको छ । उनलाई कोरोनाका जस्तै लक्षण देखिएपछि महेन्द्रनगरमा रहेका एकजना आफन्त युवकले चैत ११ गते धनगढीस्थित सेती प्रादेशीक अस्पताल पुगाएका थिए ।
‘ती युवकस“ग पनि सम्पर्क भइसकेको र उनी महेन्द्रनगरबाट धनगढीस्थित प्रादेशीक अस्पताल आउने छन,’ डीएसपी बस्नेतले भने ।
काठमाडौंबाट नेपालगञ्ज आएको बुद्ध एयरका यात्रुहरुको पनि एयरलाइन्सले नै खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
सेती अञ्चल अस्पतालमा रहेका उनको अवस्था खतरामुक्त रहेको अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले बताए । सेती अञ्चल अस्पताल र सुदूरपश्चिमका विभिन्न जिल्ला अस्पतालबाट अहिलेसम्म २७ जनाको कोरोना जा“च गरिएको छ । ती मध्ये १३ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने एकजनामा संक्रमण देखिएको छ । १३ जनाको अझै रिपार्ट आउन बा“की छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार