८ जेष्ठ २०८१, मंगलवार

संक्रमितको उपचारमा लापरवाही भएकाे आफन्तको गुनासाे



धनगढी । काेराेना संक्रमित पुष्टी भएका युवककाे उपचारमा अस्पतालबाट लापरबाही भइरहेकाे आफन्तले गुनासाे गरेका छन ।

११ गते सेती प्रादेशिक अस्पतालकाे अाइसाेलेसनमा भर्ना भएका युवकमा शुक्रबार काेराेना भाइरसकाे पुष्टी भएकाे थियाे । काेराेना पुष्टी भएसंगै युवकलाइ अलग्गै कक्षमा राखिएकाे छ । युवकलाइ अलग्गै कक्षमा राखेसंगै अावश्यक परामर्श र उपचार नपाइरहेकाे आफन्तले जानकारी दिएकाे छ ।

ती युवकका आफन्तले भने -अस्पतालका काेही पनि कक्षमा गएका छैनन । उनीलाइ एक्लै शवदाह घर नजिककाे काेठामा राखिएकाे छ । अहिलेसम्म न त अाैषधि पाएका छन न ताताे पानीनै । ती युवकले सेतीमा उपचारमा लापरबाही भएकाे देखेपछि काठमाडाैं लगेर उपचार गराउन माग गरेका छन ।

यस्तै युवकका आफन्तलाई पनि अहिलेसम्म अस्पतालकाे अाइसाेलेसनमा राख्न कुनै पहल नभएकाे जनाइएकाे छ । ती अफन्तले भने –हामीलाई न त घरमै बस भन्न सकेकाे छ न त अस्पतालकाे अाइसाेलेसनमै लग्न पहल भएकाे छ ।

सेती प्रादेशिक अस्पतालले भने युवककाे उपचारमा कुनै लापरबाही नभएकाे जनाएकाे छ ।

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले आफन्तलाई सेती प्रादेशिक अस्पतालकाे अाइसाेलेसनमा राख्न पहल भइरहेकाे बताए ।

कैलाली प्रमुख जिल्ला अधिकारी यज्ञराज बाेहराले आफन्तलाई आज नै अाइसाेलेसनमा राखी निगरानी गरिने बताए । उनले आज नै उनीहरूकाे नमुना संकलन गरी परिक्षणका लागि काठमाडाै पठाइने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार