९ जेष्ठ २०८१, बुधबार

धनगढी उप–महानगरमा किटनाशक औषधी छर्किने कार्य जारी



धनगढी । धनगढी उप–महानगरपालिकाले कोरोना भाईरस ( कोभिड १९ ) रोकथामका लागि धनगढी बजार क्षेत्रका सडकमा किटनाशक औषधी छर्किने कार्यलाई निरन्तरता दिएको छ ।

शुक्रवार धनगढी उप–महानगरपालिकाका आफै औषधी छर्किन निस्कीएका थिए । चौराहा देखि मनहेराको पेट्रल पम्म र हसनपुर राष्ट्रबैंक चोक देखि धनगढी उप–महानगरपालिकाको गेट सम्म औषधी छर्किने काम गरिएको उप–महानगरपालिकाले शुक्रवार वडा नं २ का एस्टिएस सिनेमा हल अगाडी, पुरनो सब्जीमण्डी, धनगढी राष्ट्रबैंक देखि सहदगेट, होटल डिभोटी चोक देखि पिपलचौतरा–मटियारी, गाउँ धनगढी क्षेत्रको सडकमा औषधी छर्किएको नगरप्रमुख वडले बताए ।
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले सम्भवन भएसम्म नगरका सबै क्षेत्रमा औषधी छर्किने बताए । शनिवार देखि वडाबाट औषधी स्प्रे मेसिनको प्रयोग गरेर सबै गल्लीहरुका औषधी छर्किने नगरप्रमुख वडले बताए । धनगढी उप–महानगरपालिकाले आफ्नो श्रोत र साधनले भ्याएस सम्म काम गरिरहेको छ नगरप्रमुख वडले भने, संवेदनशील अवस्थामा सबैको समन्वय आवश्यक छ ।

नगरप्रमुख वडले नगरवासीले लकडाउनको पालना गरेर सेल्फ क्वान्टाईनमा बसेमा मात्रै पनि आफुहरुलाइृ ठूलो सहयोग हुने बताए । उनले भने, सबैले सरकारले गरेको लकडाउनको पालना गरिदिनहुन अनुरोध गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार