८ जेष्ठ २०८१, मंगलवार

लकडाउन लम्बिए कृषिमा ठूलाे असर पर्ने



धनगढी। हप्तै पिच्छे भएका हिउँदे वर्षाका कारण समस्यामा परेकाे कैलाली कञ्चनपुरकाे कृषिमा काेरानाले खासै असर पार्न सकेकाे छैन ।
हिउँदे मुख्यवाली गहुँ र मसुराे नपाकेकाे तथा लाही, केराउ लगायतका वाली उठाइसकेकाे हुना खासै असर नपरेकाे हाे । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका निमित्त सचिव तथा प्रवक्ता खगेन्द्र शर्माले किसानहरू अाफ्नाे खेतमा जाने क्रम चलिरहेपनि बालीमा मल, अाैषधि दिने क्रम राेकिएकाे बताए ।
उनले अहिले वाली नपाकेकाले फाटफुट रूपमा किसान खेततिर देखिने गरेकाे बताए । उनले खेती हेरचाह गर्न नराेकिए पनि बजार बन्द रहेकाे हुनाले अावश्क परेमा मल, बीउ र अाैषधि किनेर खेतमा हाल्न नसकिने स्थिति अाएकाे बताए ।
बरिष्ठ वागवानी अधिकृत शर्माले सुदूरपश्चिममा चैते धान पनि छिट्टै लगाइने भएकाले चैते राेपाई अन्तिम चरणमा पुगेकाे बेला लकडाउन भएकाे बताए । उनले चैते राेपाईमा खासै असर नपरेकाे बताउँदै चैते राेपाई सकिनै लागेकाे बताए ।
१० दिने लकडाउनले कृषिमा खासै असर नपरेपनि लकडाउनकाे अवधि थपिएमा बाली स्याहार्न ठुलाे समस्या उत्पन्न हुने देखिएकाे छ । मसुराे र गहुँ पाक्ने समय अाएकाे हुनाले लकडाउन लम्विएमा बाली उठाउन समस्या हुने शर्माले बताए । उनले मसुराे गहुँ स्याहार्न ठूलाे मास खेतमा जानुपर्ने भएकाे हुनाले समस्या पैदा हुने बताए ।
गहुँ स्याहारे लगत्तै धानकाे बीउ राख्नुपर्ने र बजार नखुलेमा किसानलाई बीउ पाउन मुस्किल भएर धानबालीमा समेत असर पर्ने देखिएकाे उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार