१३ बैशाख २०८१, बिहीबार

अत्यावश्यक वस्तु खरिदमा दुरी कायम



धनगढी । कैलालीमा कोरोना भाइरसको संक्रमण फैलन नदिन अत्यावश्यक बस्तु किन्न सामाजिक दुरी कायम गरिएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिकामा शशस्त्र प्रहरीले धनगढी बजारमा रहेका किराना पसल, डेरी, ग्याँस विक्रेता लगायत दैनिक उपभोग्य सामाग्री विक्री वितरण गर्ने पसलहरुमा दुरी कायम गर्न लागेको हो ।

बजारमा दैनिक उपभोग्य खरिद गर्ने ग्राहक बढेपछि पसल र ग्राहकबिच सामाजिक दुरी कायम गरिन लागेको जनाइएको छ । वस्तु खरिदमा गएका सर्वसाधारणका लागि पसल अगाडि गोलो घेरा बनाएर लाइनमा बसि अत्यावश्यक समान खरिद गर्ने ब्यबस्था मिलाएको कैलाली प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार