८ जेष्ठ २०८१, मंगलवार

अाजदेखि सेवा दिदै बैंक



धनगढी । आजदेखि लक डाउनकै बीच पनि बैंकहरु खुल्ने भएका छन् । राष्ट्र बैंकको निर्देशनमा आज देखि बैंकहरुले लक डाउनका बीचमा पनि सेवा दिने लागेका छन् ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले आर्थिक समस्या हुन नदिन र अत्यावश्यकीय सेवा अन्तर्गत बैंकहरु सिमित समयका लागि सञ्चालन हुन दिने बताए ।

एनआईसी बैंकका प्रादेशिक प्रमुख टेकराज भट्टले बैंकका कर्मचारीहरुलाई बैंक देखि घरसम्म आवात जावत सहज बनाइ दिन प्रशासनसंग आग्रह गरे ।

एटीएमहरुमा समेत पैसा सकिएकोले सर्वसाधारणहरुको सुबिधाका लागि पैसा जम्मा गर्न पनि बैंक खोल्न  दिनु पर्ने बैंकर्सहरुको आग्रह थियो ।

बैंकहरुले सिमित कर्मचारीलाई काममा फर्काउने भएका छन् ।प्रजिअ बोहराले बैंकका कर्मचारीहरुले बैंकको परिचय पत्रका आधारमा आवातजावत गर्न पाउने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार