१९ बैशाख २०८१, बुधबार

काेराेनाकाे अाैषधीबारे भ्रम फैलाउने खाेज्दै प्रहरी



धनगढी । कोरानाको औषधि सम्बन्धि भ्रम फैलाउनेको खोजी भईरहेको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ । घरको आगँन खन्ने र कोईला निस्कीनछ त्यसको तिलक लगाएर कोरोना संक्रमण हुदैने भन्ने भ्रम फैलाउनेको खोजी भईरहेको प्रहरी जनाएको छ ।

बिहिवार राती ‘घरको मूल ढोका अगाडिको आँगन उज्यालो नहुँदै खन्नुहोस् र कोईला निस्कन्छ, त्यही कोईलाको तिकक लगाउनुस् , कोरोनाले संक्रमण गर्दैन भन्ने भ्रम एकाएक फैलिएको थियो । यही भ्रमका कारण धेरैले राती नै धमाधम घरआगँन खन्ने र कोईला पाएकाले तिलक लगाए भने केहीले पाएनन् र लगाएनन् पनि । शुक्रवार धनगढीका तीर्थराज भट्टल यस्तै जानकारी पाए र एक फेसबुक स्टाटस मार्फत आफुले पाएको जानकारी भ्रम हो भन्दै भ्रमको पछि नलागेको बताए । यती खेर कैलालीमा आँगन खनेर कोईला निस्किने र कोरोनाको औषधी हो की भ्रमहो भनेर धेरैले सामाजिक संजाल मार्फत जिज्ञासा राखीरहेका छन् ।

कैलालीमा मात्र नभई आगँनमा भेटिएको कोईला कोरोनाको औषधी हो भनी सुदूरपश्चिमका पहाडी जिल्लाबाट पनि कैलालीमा बसोबास गर्ने धेरैले बताएका छन् ।

बिहानै जिल्ला प्रहरी कार्यलय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले “यो भ्रम हो , यस्तो भ्रम फैलाउनेको हामीले खोजी गरिरहेका छौ ” । यस्ता भ्रमका पछि नलाग्न जिल्ला प्रहरी कार्यलय कैलालीले अपिल समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार