१० श्रावण २०८१, बिहीबार

कोरोना पहिचानका लागि ज्वरो क्लिनिक चलाइरहेका प्रदेशका तीन हब अस्पताल



धनगढी । सरकारले कोरोना संक्रमण फैलन नदिन सुदूरपश्चिम प्रदेशका तीन हब अस्पतालमा ज्वरो क्लिनिक सञ्चालन गर्ने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित बिफ्रिङमा स्वास्थ्य सचिव यादव कोइरालले सुदूरपश्चिम प्रदेशका तीन सहित देशभरका २५ हव अस्पताललाई ज्वरो क्लिनिक सञ्चालनको तयारी र आवश्यक सामग्री खरीद गर्न १० लाख रुपैँयाका दरले बजेट निकासा गरिएको जानकारी दिए।
ती क्लिनिकमा ज्वरोका बिरामीको मात्र जाँच गरिनेछ। कोरोना संक्रमणको शस्कास्पद व्यक्तिको नमुना परीक्षणका लागि केन्द्रमा पठाउने व्यवस्था मिलाइएको सचिव कोइरालाले बताए।
यी हुन् प्रदेशका तीन हब अस्पताल
१.
महाकाली प्रादेशिक अस्पताल
डडेलधुरा अस्पताल
. सेती प्रादेशिक अस्पताल

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार