१९ बैशाख २०८१, बुधबार

एनआईसी एशिया बैंकले सर्जिकल ग्लोब्स वितरण गर्याे



धनगढी । ग्लोब्स नहुदा संक्रमणको उच्च जोखिममा रहेका सुरक्षाकर्मीहरुको सुबिधा लागि एनआईसी एशिया बैंकले ७५ हजार रुपैया बराबरका सर्जिकल ग्लोब्स प्रदान गरेको छ ।

एसआईसी एशिया बैंकका प्रादेशिक प्रमुख टेकराज भट्ट र एनआईसी एशिया बैंकका अस्पताल लाईन धनगढी शाखाका प्रमुख शिवराज पाठकले आज दिउसो जिल्ला प्रशासन कार्यालय कैलालीमा प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरालाई एक/एक हजार मास्कका तीन कार्टुन हस्तान्तरण गरे ।

जसमध्ये दुई हजार ग्लोब्स नेपाल प्रहरीलाई र एक हजार ग्लोब्स सशस्त्र प्रहरीलाई प्रदान गरिएको छ ।
बैंकका प्रादेशिक प्रमुख भट्टले बिपत्तिको समयमा सुरक्षासंगै उद्दार र राहतमा खट्ने सुरक्षाकर्मीहरु नै कोरोनाको संक्रमणको अत्याधिक जोखिममा रहेकोले उनीहरुको सुरक्षाका लागि ग्लोब्स प्रदान गरिएको बताए ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले स्वस्फूर्त ढंगले एनआईसी एशिया बैंकले विपत्तिको घडीमा सुरक्षाकर्मीहरुका लागि सर्जिकल ग्लोब्स प्रदान गरेकोमा धन्यवाद दिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक सुदीप गिरी र सशस्त्र प्रहरीका गण नम्बर ३४ का गणपति कमल तिम्सिनाले ग्लोब्स प्रदान गरेकोमा बैंकलाई धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार