४ असार २०७८, शुक्रबार

क्‍वरेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी कुटिए



बैतडी । बैतडीको पुर्चौडी नगरपालिकाको क्वारेन्टाइनमा उपचारका लागि खटिएका एक स्वास्थ्यकर्मी स्वास्थ्यकर्मी कुटिएका छन् । पालिकाको ५ नम्बर वडामा रहेको भूमिराज मावि क्वारेन्टाइनमा ड्युटीमा खटिएका करनसिंह धामी कुटिएका हुन् ।

क्वारेन्टाइमा राखिएकाका आफन्तलाई किन राखेको भन्दै स्थानीय नरेन्द्र जागरीले कुटेका हुन् । बुधबार पालिकाले भारतबाट फर्केका ७ जनालाई सोही विद्यालयमा राखेको थियो ।

जागरीले बुधबार राति कोठाभित्र जबरजस्ती प्रवेश गरेर गाली गलौज गरी कुवाकोट स्वास्थ्य चौकीमा कार्यरत अहेब धामीलाई कुटपिट गरेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायाण पाण्डेयले बताए ।

स्वास्थ्यकर्मी धामीलाई कुट्ने जागरीलाई प्रहरीले नियन्त्रण लिएको छ । कुटाइ खाएका स्वास्थ्यकर्मीलाई सामन्य चोट लागेको थियो । अहेब कुट्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्