१८ बैशाख २०८१, मंगलवार

उप–महानगरद्धारा धनगढीमा सडकमा औषधी छर्किन सुरु



धनगढी । धनगढी उप–महानगरपालिकाले कोरोना भाईरस (कोभिड १९) रोकथामका लागि धनगढी बजार क्षेत्रका सडकमा औषधी छर्किन सुरु गरेको छ ।
बिहीबार चौराहा देखि मनहेराको पेट्रल पम्म र हसनपुर राष्ट्रबैंक चोक देखि धनगढी उप–महानगरपालिकाको गेट सम्म औषधी छर्किने काम गरिएको छ ।
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले सम्भवन भएसम्म नगरका सबै क्षेत्रमा औषधी छर्किने बताए । उनले भने, औषधी छर्किने काम पानी छर्किने ट्यांकर बाट गरिरहेकाले सबै गल्लीहरुमा ट्याक्टर प्रवेश नगर्न सक्छ । धनगढी उप–महानगरपालिकाले आफ्नो श्रोत र साधनले भ्याएस सम्म काम गरिरहेको छ नगरप्रमुख वडले भने, संवेदनशील अवस्थामा सबैको समन्वय आवश्यक छ ।

धनगढी उप–महानगरपालिकाले बिहीबार मात्रै १ सय बेड सम्मको क्वारेन्टाईन तयार गरिसकेको नगरप्रमुख वडले बताए ।
उनले भने, शुक्रवार २ सय भन्दा बढी बेड तयार गरिसक्छौं । उप–महानगरपालिकाले पूर्व तयारी अन्तरगत समिति नै बनाएर जिम्मेवारी बाँडफाँड गरेर काम गरिरहेको बताइृएको छ ।
धनगढी उप–महानगरपालिका दमकल शाखा ईन्चार्ज काशीराम अर्यालले नगरक्षेत्रमा निरन्तर औषधी छर्किने बताए । उनले भने, औषधी केहि गन्हाउने हुन्छ त्यसमा अप्ठेरो नमान्न नगरवासीमा अनुरोध गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार