१९ बैशाख २०८१, बुधबार

एम्बुलेन्स चालकले मागे सुरक्षा सामाग्री



सुदूरपश्चिमका एम्बुलेन्स चालकले सुरक्षा सामाग्री माग गर्दै सरकारकाे ध्यानाकर्षण गरेकाे छ । अाज संयूक्त एम्बुलेन्स चालकले प्रदेशका सामाजिक विकास मन्त्री र कैलाली प्रमुख जिल्ला अधिकारीलाइ अावश्यक सामाग्री माग गर्दै निवेदन पेश गरेका छन् ।

संघका प्रदेश अध्यक्ष लक्ष्मण सिंहले निवेदन मन्त्री कृष्णराज सुवेदी र कैलाली प्रमुख जिल्ला अधिकारी यज्ञराज बाेहरालाइ निवेदन दिएका थिए । एम्बुलेन्स चालकहरू असुरक्षित भएर एम्बुलेन्स चलाउन बाँध्यता रहेकाे साे निवेदनमा उल्लेख छ । निवेदनमा एन्टी ब्याक्टेरियल स्प्रे र सुरक्षा सामाग्री (मास्क, पन्जा, एप्राेन, गमबुट, सेनिटाइजर) चालकलाइ उपलब्ध गराउन माग गरिएकाे छ ।

यस प्रदेशबाट संचालित एम्बुलेन्सहरूले अाजसम्म सेवा प्रदान गर्दै अाइरहेकाे र काेराेना भाइरस सम्बन्धी समस्या जटिल बन्दै गइरहेकाे परिपक्ष्यमा एम्बुलेन्स सेवालाइ निरन्तर सुचारू गर्नका लागि सुरक्षा सामाग्रि उपलब्ध गराइनुपर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार