१६ मंसिर २०८१, आईतवार

खुल्ला सीमामा अवैध रुपमा भित्रिने क्रम जारी



नेपाल र भारतमा ‘लकडाउन’ जारी रहेपनि कैलालीमा अवैध रुपमा भित्रिने क्रम जारी छ। धनगढी उप–महानगरपालिका वडा नम्वर १ त्रिवेणी घाट भएर पनि भारतबाट नेपाली भित्रिरहेका छन्।

बुधवार मात्रै त्रिवेणी घाट भएर धनगढी भित्रिएका २४ जनालाई नियन्त्रणमा लिएर प्रहरीले क्वारेन्टाईनमा राखेको छ। उद्योग वाणिज्य संघ कैलालीको समन्वयमा उनीहरुलाई संघमै बनाईएको क्वारेन्टाईनमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। 

भारतको मध्य प्रदेशको ईन्दौरबाट आएका २४ जनालाई क्वारेन्टाईनमा राखिएको उनले जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार