८ जेष्ठ २०८१, मंगलवार

काेराेना पुष्टी भएकी युवतीसंग अाएका सुदूरपश्चिमका दुर्इ युवक अस्पताल भर्ना



धनगढी । फ्रान्सबाट आएकी एक युवतीमा कोरोना संक्रमित पुष्टि भएपछि संगै आएका कञ्चनपुर र कैलालीका दुई युवक अस्पताल भर्ना भएका छन ।
कैलालीको धनगढीका युवकलाई सेती प्रादेशिक अस्पताल र कञ्चनपुरका युवकलाई महाकाली प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ ।
धनगढीका युवक आफ्ना भाईसहित सेती अस्पतालको आईसोलेसनमा भर्ना भएका हुन्।
प्रहरीले धनगढीका एक जना युवक सोही जहाजमा आएको थाह पाएपछि खोजी गरिरहेको थियो भने ति युवक भाई सहित आफै अस्पतालमा भर्ना भएका हुन्।
कञ्चनपुरका युवक महाकाली अस्पतालको सम्पर्कमा आएको र सामान्य स्वास्थ्य जाँचपछि उनलाई पनि अस्पतालको आईसोलेसनमा राखिएको अस्पतालले जनाएको छ।
उनको थ्रोट स्वाव परीक्षणको लागि बिहिबार काठामडौँ पठाइने छ। सँगै नेपाल आउने युवतीमा कोरोनाको संक्रमण भेटिएपछि सो जहाजबाट नेपाल आएका सम्पूर्ण यात्रुलाई प्रहरीले खोजी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार