२१ बैशाख २०८१, शुक्रबार

लकडाउन प्रभावः ‘स्वाव’ परिक्षणमा समस्या



धनगढी । सुदूरपश्चिममा कोरोना भाईरस (कोभिड–१९) को ‘स्वाव’ परिक्षणमा समस्या देखिएको छ । सरकारले मंगलबारदेखि लकडाउन गरेपछि प्रदेशमा ‘स्वाव’ परिक्षणमा समस्या भएको हो ।
सुदूरपश्चिम प्रदेशको प्रादेशिक प्रयोगशाला सेती प्रादेशिक अस्पतालभित्र राखिएको छ । नौ वटा जिल्ला रहेको प्रदेशका आठ वटै जिल्ला अस्पतालले पठाएको नमुना प्रादेशिक प्रयोगशालामा संकलन गरिदै आएको थियो । प्रदेशिक प्रयोगशालामा संकलन भएका नमुनाहरु धनगढी विमानस्थलबाट काठमाडौं पठाइने गरेको थियो ।
सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले ‘स्वाव’ परिक्षण्मा लकडाउनले प्रत्यक्ष असर पारेको बताए । उनले भने –‘विमान नउड्ने भएपछि संकलन भएका स्वाव कसरी पठाउने भन्ने समस्या भएको छ ।’ उनले जिल्लाबाट पनि स्वास्थ्यकर्मीहरुले सवारी साधनमा ल्याउने गरेको बताए ।
सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालले आईतबारसम्म आठ जनाको ‘स्वाव’ परिक्षणका लागि काठमाडौं पठाइसकेको छ । जसमा सात जनाको रिपोर्ट ‘नेगेटिभ’ आइसकेको छ भने एक जनाको आउन बाँकी रहेको सेती प्रादेशिक अस्पतालका डाक्टर जगदिश जोशीले बताए ।
डाक्टर जोशीले सोमबार एक जनामाथि आशंका गरि ‘स्वाव’ संकलन गरिएको र मंगलबार तीन जनाको संकलन गरिएको बताए । उनले भने–‘थप दुई जना पनि भर्ना भएका छन तर, उनीहरुको स्वाव तानेका छैनौ ।’ उनले दुई जनामाथि आशंका नभएकाले नतानिएको बताए । तर, उनीहरु आइसोलेसनमै उपचारमा रहेको बताए ।
डाक्टर जोशीले कसरी पठाउने भन्ने अहिले समस्या भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार