२१ बैशाख २०८१, शुक्रबार

सीमामा रहेका नेपालीलाई सम्बन्धीत जिल्ला पठाउने निर्णय



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले दशगाजा क्षेत्रमा अल्पत्र रहेका नेपालीहरुलाई सम्बन्धित जिल्लामा पठाउने निर्णय गरेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको ६९ औं बैठकले त्रिनगर नाकाको दशगजा क्षेत्रमा रोकिएका नेपालीहरुको लगत संकलन गरेर सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको जिम्मामा पठाउने निर्णय गरेको हो ।
पत्रकार सम्मेलन गर्दै सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले दशगजामा रहेका नेपालीहरुलाई आफनो स्थानमा पुगाउन प्रदेश सरकारले वसको व्यवस्था गर्ने जानकारी दिए । उनले भने–‘उनी (सीमामा रहेका नेपालीहरुलाई) सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको जिम्मा लगाइन्छ । प्रजिअ तथा सम्बन्धित स्थानीय तहहरुलेनै आफनो क्षेत्रमा आइसोलेसनमा राख्नेछन् ।’ उनले अहिलेसम्म नाकामा कैलाली, कञ्चनपुर, अछाम, डोटी लगायतका १९ जिल्लाका नेपालीहरु रहेका छन् ।
नाकामा भारतको बैंगलोर, मुम्बई, दिल्ली लगायतका स्थानमा काम गरिरहेका नेपालीहरु सोमबारदेखि अल्पत्र अवस्थामा रहेका छन् । अहिले पनि भारतका अन्य स्थानमा यस क्षेत्रका नेपालीहरु आउने क्रम जारी रहेको जनाइएको छ । मन्त्री सुवेदीले आग्रह गरे –‘म तपाई (सञ्चारकर्मीहरु)मार्फत भन्न चाहन्छु । जो जहाँ हुनुहुन्छ त्यही बस्नुहोस् । यो कठिन घडीमा सबै एक भई महामारीसंग लड्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार