२१ बैशाख २०८१, शुक्रबार

लकडाउन उल्लंघन गर्ने १ सय बढी मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लियाे



धनगढी । कैलालीमा लकडाउन उल्लंघन गरी सवारीसाधन चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जिल्लाका विभिन्न स्थानबाट लकडाउन उल्लंघन गर्ने सयभन्दा बढी मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको बताए।

इलाका प्रहरी कार्यालय टीकापुरले निषेधाज्ञा उलंघन गर्ने २९ जनालाई विभिन्न स्थानबाट मोटरसाइकलसहित नियन्त्रणमा लिएको जनाएकाे छ। उनीहरुलाई बजारका विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय टिकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक मनोहर भट्टले जानकारी दिए।

उनले नियन्त्रणमा लिएकाहरुलाई सम्झाइबुझाइ गरेर छोड्ने गरेकाे बताए। तर मोटरसाइकल भने नियन्त्रणमै राखिएकाे उनले बताए। मोटरसाइकल चालकहरुलाई नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक सुदीप गिरीसमेत स्वयं खटिएका छन्।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार