१० श्रावण २०८१, बिहीबार

कोरोना उपचारका लागि शैलेश्वरी फारवेस्ट स्कुल प्रयोग गर्न आग्रह



धनगढी । धनगढीको शैलेश्वरी फारवेस्ट स्कुल अफ हेल्थ साइन्स टेक्नोलोजीले कोरोनाको क्वारेन्टाइन वा उपचारका लागि आफ्नो भवन उपयोग गर्न सुदूरपश्चिम प्रदेश सरकारलाई आग्रह गरेको छ ।
कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा शैलेश्वरी फारवेस्टका सञ्चालक झपट रावलले मुख्यमन्त्री त्रिलोचन भट्ट र सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीललाई टेलिफोन गरेर सो भवन उपयोग गर्न आग्रह गरेका हुन ।
धनगढी उपहमानगरपालिका‐१ स्थित त्रिवेणीचोकमा रहेको सो भवनमा रहेका नौ वटा ठूलाठूला कोठालाई उपयोग गर्न सकिने अर्का सञ्चालक सूर्य श्रेष्ठले बताए । एउटा कोठामा २० जनासम्म अटाउन सक्छन उनले भने हामीसंग पर्याप्त खानेपानी र शौचालय पनि छन् ।
यसैवीच मन्त्री सुवेदी सहितको टोलीले सोमबार विहान शैलेश्वरी फारवेस्टको भवन हेरेको छ । चिकित्सकको टोलीले भने हेर्न वाँकी छ । शैलेश्वरीको भवन क्वारेन्टाइनका लागि उपयुक्त हुने बुझाइ हाम्रो छ मन्त्री सुवेदीका स्वकिय सचिव लोकेन्द्र धामीले बताए ।
मुख्यमन्त्री भट्ट र सामाजिक विकासमन्त्री सुवेदीले क्वारेन्टाइनका लागि शुक्रबार र शनिबार कैलाली र कञ्चनपुरका विभिन्न ठाउँको अवलोकन गरेका थिए ।
आइतबार बिहान धनगढीका विभिन्न मुख्यमन्त्री सहितको टोलीले जिल्ला समन्वय समितिको कर्मचारी आवास क्षेत्रमो ठूलो कम्पाण्डको निरिक्षण गरेको थियो । वडा प्रहरी र सेती प्रादेशिक अस्पताल नजिकै रहेको सो क्षेत्रमा प्रिफ्यावका घर बनाउन उपयुक्त हुने आकलन गरिएको छ ।
सो ठाउँमा कम्तिमा ५० जनाको उपचार हुने गरेर प्रिफ्यावका घर बनाइने भएको छ । कोराइन्टाइनमा राख्नका लागि भने निर्माणाधिन गेटा मेडिकल कलेज समेत प्रयोग गरिने तयारी भएको समेत मुख्यमन्त्री भट्टले बताए ।
यसैवीच गोदावरी नगरपालिकाकाले अत्तरिया क्षेत्रमा अत्यावश्यक सेवा बाहेकका व्यवसाय वन्द गर्ने आग्रह गरेको छ । आइतबार नगरप्रमुख हरीसिंह साउदको पहलमा स्थानीय सरोकारवाला सहितको बैठकले सो निर्णय गरेको हो । चारैदिशाबाट अत्तरिया हुँदै आफ्नो गन्तव्यमा जानु पर्ने भएकोले गोदावरी नगरपालिकाले गम्भीरता देखाएको प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार