७ कार्तिक २०८१, बुधबार

जोखिम मोलेर भारतियबजारबाट किनमेल गरिदै



धनगढी । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको आशंका बढीरहेका वेला भारतियबजार गौरीफन्टानाकाबाट किनमेल गर्नेको संख्या अझै कम हुन सकेको छैन ।
नेपाल र भारत दुईवटै मुलुकले आफ्नो भूभागमा स्वास्थ्य परीक्षण कडा बनाएका छन तर पनि नेपालीहरु अझै पनि किनमेल गर्न गौरीफन्टाबजार गइरहेका छन् ।
किनमेल गर्नेहरुले झण्डै दुई किलो चिनीदेखि विभिन्न उपभोग्य र मनोरञ्जनका सामान ल्याइरहेका छन् । यसरी किनमेल गर्ने जाने चलन चुनौतीकारुपमा देखापरेको छ । यद्यपी कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा शनिबार दिउँसोदेखि चिनी, चियापत्ति किन्न जानेलाई रोकिएको बताए । अव त्यस्ता सामाग्री नेपालमै किन्नु प¥यो हामीसंग त्यस्ता सामाग्री पर्याप्त छन् उनले भने मालबहाक ट्रक मात्रै आउन दिने भएका छौ ।
यसैवीच शनिबार मुख्यमन्त्री त्रिलोचन भट्टले कैलालीको त्रिनगर र कञ्चनपुर गड्डाचौकी गएर नाकाको अवस्था बारे जानकारी लिएका छन् । उनका साथमा सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी, भीमदत्तनगरपकालिकाका प्रमुख सुरेन्द्र चन्द लगायत रहेका थिए ।
शनिबार भारतबाट नेपाल आउनेहरुको संख्या बढेको छ । खासगरेर भारतमा रोजगारी गर्न गएका नेपालीहरु त्यहाँका उद्योग घन्दाहरु बन्द भएपछि नेपाल फर्किएका हुन । शनिबार दिउँसो १२ बजेसम्म धनगढी नाकाबाट फर्किनेको संख्या तीन हजार ५०० नाघेको नेपाल आउनेको लगत लिन खटिएकी धनगढी उपमहानगरपालिकाका भुवनेश्वरी खत्रीले वताइन ।
हरेक दिन नेपाल आउनेको संख्या बढेको उनको भनाइ छ । गड्डाचौकी नाकाबाट पनि शनिबार दिउँसोसम्म १३ हजार नेपालीहरु घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार