१८ बैशाख २०८१, मंगलवार

प्रदेश सभाद्वारा भिडियो कन्फ्रेन्समार्फत अनुभव आदानप्रदान



धनगढी । सुदूरपश्चिम र कर्णाली प्रदेश सभावीच भिडियो कन्फ्रेन्सबाट सोमबार अनुभव आदानप्रदान भएको छ ।
सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापा र कर्णाली प्रदेशका सभामुख राजबहादुर शाही तथा दुवै प्रदेशका संसदीय समितिका सभापतिहरूबीच भिडियो कन्फरेन्समार्फत आआफ्ना अनुभव आदान प्रदान गरिएको थियो ।
त्यस्तै, सुदूरपश्चिम प्रदेश सभा सचिव रामसिंह धामी र कर्णाली प्रदेश सभा सचिव शिवराम बुढाथोकीले अहिलेसम्म प्रदेश सभाले पास गरेका विधेयक र अधिवेशनहरूका वारेमा जानकारी दिएका थिए ।
दुवै प्रदेशका सभामुखहरूले आगामी दिनमा पनि समसामयिक विषयमा छलफल चलाउने प्रतिवद्धता व्यक्त गरे ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को संसद सहयोग परियोजनाको सहयोगमा भिडियो कन्फ्रेन्स प्रणाली स्थापना गरेपछि पहिलो पटक अर्को प्रदेशसंग छलफल गरिएको हो ।
सो प्रणाली सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्ला समन्वय समितिहरूमा समेत जडान गरिएको छ ।
यसअघि पनि सुदूरपश्चिम प्रदेश सभाले सुदूरपश्चिमका नौ वटै समन्वय समितिसंग भिडियो कन्फ्रेन्स गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार