१० श्रावण २०८१, बिहीबार

सहजरूपमा स्मार्ट ड्राइभिङ लाइसेन्स वितरण



धनगढी । लामो समयदेखि वितरणमा ढिलाई भइरहेको स्मार्ट ड्राइभिङ लाइसेन्स वितरण शुरु भएको छ ।
कागजी लाइसेन्स हटाएर देशब्यापी रुपमा स्मार्ट सवारी चालन लाइसेन्सको वितरण थालेपछि लाइसेन्सको माग र छपाईको सन्तुलन नमिल्दा सेवाग्राहीले समय मै स्मार्ट लाइसेन्स पाउन सकेका थिएनन् ।
यातायात व्यवस्था विभागमै कार्ड छपाई सुरु भएस“गै सेवाग्राहीले धमाधम स्मार्ट लाइसेन्स पाइरहेका छन् । यातायात व्यवस्था कार्यालय धनगढीले मात्रै हालसम्म २५ हजार स्मार्ट लाइसेन्स बितरण गरिसकेको छ ।
यातायात व्यवस्था विभागले २०७४ सालदेखि लाईसेन्सको स्मार्ट कार्ड वितरण गर्न सुरु गरेको थियो । कागजी लाइसेन्स हटाएर नया“ व्यस्था सुरु भएस“गै स्मार्ट कार्डको लागि लाखौ सेवाग्राहीले आवेदन दिएका थिए ।
यातायात व्यवस्था कार्यालय धनगढीमा मात्रै एक लाखको हाराहारीमा आवेदन परेको बताइन्छ । तर, लाइसेन्सको माग र छपाइको सन्तुलन नमिल्दा सेवाग्राहीले आवेदन दिएको दुई वर्षसम्म स्मार्ट लाइसेन्स पाउन सकेका थिएनन् ।
स्मार्ट लाइसेन्स बितरणमा ढिलाई हु“दा आजित वनेका सेवाग्राही पनि अहिले भने स्मार्ट लाईसेन्स लग्न यातायात व्यवस्था कार्यालय धाउन थालेका छन् । स्मार्ट लाइसेन्स बितरण भइरहेको जानकारी पाएपछि प्रदेशको पहाडी जिल्लाबाट पनी यातायात व्यवस्था कार्यालय धनगढी प्ुगेका सेवाग्राहीहरुले अव स्मार्ट लाईसेन्स हातमा परेपछि ट्राफिक झन्जट र दुर्घटनाको जोखिमबाट राहत पाइने सेवाग्राही प्रेम बोहराले बताए ।
यातायात व्यवस्था कार्यालय धनगढीमा मात्रै हाल विभागले ३५ हजार स्मार्ट लाईसेन्स बितरणका लागी पठाएको छ । जसमध्ये हालसम्म २५ हजार बढी बितरण भइसकेका छन् । बा“की आवेदनको आधारमा लाईसेन्स छपाईको काम भइरहेको यातायात व्यवस्था कार्यालय धनगढीले जनाएको छ ।
बिगतमा स्मार्ट लाईसेन्स यातायात व्यवस्था बिभागले बाह्य देशबाट कार्ड थपाई गरी ल्याउने हु“दा बितरणमा ढिलाइ भएको थियो । तर हाल बिभागले आफै कार्ड छाप्न सुरु गरिसकेपछि हाल स्मार्ट लाईसेन्स बितरणले गति लिएको यातायात ब्यवस्था कार्यालय धनगढीका प्रमुख लक्ष्मण शाहले बताए ।
आधुनिक प्रविधि, उत्कृष्ट गुणस्तर, नक्कली छाप्न नमिल्ने, आगोले नजल्ने, अक्षर नमेटिने, सेवाग्राहीमैत्री र ई–गभर्ननेन्स लागू गर्न स्मार्ट लाईसेन्स सहयोगी हुने अपेक्षा गरिएको छ । बिगतमा बितरणमा ढिलाई देखिएपनि अव भने यातायात व्यवस्था विभागले आफै छपाई सुरु गरेस“गै बितरणमा केही सहजता देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार