१० श्रावण २०८१, बिहीबार

एजेण्डाविहिन सुदूरपश्चिम प्रदेश सभा



  • भुमि फिर्ता सम्बन्धी संकल्प प्रस्ताव प्रक्रिया अघि बढेन
  • सभामुख भन्छनः संयूक्त दलबाट दर्ता भए छलफल अघि बढ्छ
  • प्रतिपक्षी दलको आरोपः प्रदेश सभाको काम कारबाही सन्तोषजनक छैन

धनगढी । सुदूरपश्चिम प्रदेशको प्रदेश सभामा एजेण्डा नहुँदा पाँचौं हिउदे अधिवेशनको बैठक सञ्चालन हुन सकेको छैन् ।
प्रदेश सभाको बैठक माघ ६ गतेदेखि शुरु भएको अधिवेशनको बैठक स्थगित भएको हप्ता दिन भइसक्दा समेत बैठक बस्न नसकेको हो ।
पाँचौ हिउदे अधिवेशनका क्रममा १२ पटक बैठक सञ्चालन भएका छन् । प्रदेशको फागुन ११ गते सभामुख अर्जुनबहादुर थापाले ‘अर्को मिति तय नभएसम्मका लागि बैठक स्थगित भएको’ घोषणा गरेका थिए ।
यस अवधिमा दुई वटा विद्येयक पारित भइसकेका छन् भने तीन वटा विद्येयक छलफलमा रहेका छन् । प्रदेश सरकारले प्रदेश सभालाई एजेण्डा दिन नसक्दा बैठक अन्यौलमा परेको जनाइएको छ ।
प्रदेश सभामुख अर्जुनबहादुर थापाले प्रदेश सभामा अहिले एजेन्डा नभएकाले अन्यौलमा रहेको बताए । उनले भने– ‘विषयगत समितिमा तीन वटा विधेयकमाथि छलफल भइरहेको छ । प्रदेश सभा सचिवालयमा विधेयक दर्ता भएपछि सदनको आह्वान गरिनेछ ।’ उनले प्रदेश सरकारले पनि नया“ विधेयक सचिवालयमा दर्ता गराउन नसकेको बताए ।

संकल्प प्रस्तावमाथि छलफल भएन

सुदूरपश्चिम प्रदेश सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भुमि फिर्ता सम्बन्धी दर्ता गराएको संकल्प प्रस्तावमाथि छलफल हुन सकेको छैन ।
प्रदेश सभा सचिवालयमा माघ २२ गते कर्णबहादुर मल्लले दर्ता गराएको सो संकल्प प्रस्तावमाथि प्रदेश सभाले छलफल नचलाएको हो । सो संकल्प प्रस्तावमा का“ग्रेसका प्रदेश सभा सदस्य भरतबहादुर खड्का र टेकबहादुर रैका समर्थक रहेका थिए ।
प्रदेश सभा नियमावली अनुसार ‘संकल्प प्रस्ताव ७२ घन्टापछि छलफलका लागि सदनमा पेस हुने’ उल्लेख छ । तर सो प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता भएको २४ दिन वितिसकेको छ ।
नेपाली कांग्रेस प्रदेश सभा सदस्य कर्णबहादुरले ‘प्रदेश सभाको काम कारबाही सुस्त गतिमा अघि बढिरहेको’ बताए । ‘सुदूरपश्चिम प्रदेशकै भुमी भारतले आफनो नक्सामा राखेको छ,’ उनले भने, ‘यसमा प्रदेश सरकारले पहल नगरेपछि हामीले संकल्प प्रस्ताव दर्ता गराएका हौं तर, अहिलेसम्म सभामा छलफलका लागि ल्याइएको छैन । यो प्रस्ताव दर्ता भएको ७२ घण्टापछि छलफल आउनुपथ्र्यौ ।’
नेपाली कांग्रेसका प्रदेश सभा सदस्य भरतबहादुर खडकाले प्रदेश सभाको काम कारबाही ठिक गतिमा नगएको बताए । उनले भने –‘प्रदेश सभाले जसरी काम गर्नुपर्ने थियो त्यो भइरहेको छैन् ।’ उनले प्रदेश सभामा राष्ट्रिय अखण्डता, ऐन कानुनका विषयमा छलफल हुनुपर्ने तथा प्रदेश सभा सदस्यहरुले चासो व्यक्त गरेका विषयमा गम्भिर हुनुपर्ने बताए ।
सुदूरपश्चिम प्रदेश सभामा संसदको मर्यादा क्रम सम्बन्धी पहिलो संकल्प प्रस्ताव दर्ता गराइएको थियो । सो प्रस्तावलाई २०७५ बैशाख २० गते प्रदेश सभाले पारित गरेको थियो । त्यसयता प्रदेश सभा सदस्यहरुबाट कुनै पनि संकल्प प्रस्ताव दर्ता भएका थिएनन् । प्रदेश सभा सदस्य कर्णबहादुरले राष्ट्रियता तथा राष्ट्रिय अखण्डता सम्बन्धी अत्यन्त संवेदनशील हुनुपर्ने भएकाले संकल्प प्रस्ताव दर्ता गरेको बताए । उनले भने– ‘मुलुकको सिमा तथा भूमि मिचिएको सर्वांधिक चासो र महत्वको यो विषय सदनमा सर्वसम्मतिबाट पारित हुने हाम्रो विश्वास थियो । तर, अहिलेसम्म छलफलमा नल्याउनु दुःखद हो ।’
यस्तै, फागुन ७ गते नेपाली का“ग्रेसका प्रदेश सभा सदस्य भरतबहादुर खड्का र सार्वजनिक लेखा समिति सभापति नन्दाकुमारी बमले लिखित तथा मौखिक प्रश्न दर्ता गराएका थिए । दर्ता गराएको दुई हप्ता पुग्नै लाग्दा समेत कुनै प्रक्रिया अघि बढेको छैन ।
प्रदेश सभा सदस्य खड्काले मुख्यमन्त्रीबाट जवाफ माग गर्दै पा“च वटा प्रश्न र सार्वजनिक लेखा समिति सभापति नन्दाकुमारीले मुख्यमन्त्रीबाट पा“च र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टबाट एक प्रश्नसहित प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएका थिए ।
प्रदेश सभा सचिवालय नियमावली अनुसार पा“च दिन अघि लिखित तथा मौखिक प्रश्न दर्ता गर्नुपर्ने प्रावधान रहेको छ । प्रश्न दर्ता भएको पा“च दिनपछि प्रश्नका आधारमा स्वीकृत गर्ने वा नगर्ने सभामुखमा केन्द्रीत रहने जनाइएको छ । सभामुखले स्वीकृति दिएपछि विषयगत मन्त्रीलाई कार्यपरामर्शको बैठकले समय तोक्ने उल्लेख छ ।
प्रदेश सभा बैठकमा सो प्रस्तावमाथि छलफल नभएको र प्रश्नको जवाफ नआएको विषयमा प्रदेश सभा सदस्यहरुले आलोचना गर्दै आएका छन् । सत्तापक्ष र प्रतिपक्षका सांसद्हरुले प्रदेश सभाको विभिन्न बैठकहरुमा शुन्य र विशेष समय लिएर सो प्रस्तावमाथि छलफल अगाडि बढाउन माग गर्दै आएका छन् ।
प्रदेश सभाका सभामुख अर्जुनबहादुर थापाले कार्यपरामर्शको बैठकमा संयूक्त संकल्प प्रस्ताव दर्ता गराउन सहमति भएको बताए । उनले भने– ‘तीनवटै पार्टीको संयूक्त संकल्प प्रस्ताव दर्ता भएपछि छलफलमा जाने छ ।’ उनले राष्ट्रिय अखण्डताका विषयमा राजनीतिक कित्ताकाट नहोस् भनेर सो सहमति भएको बताए ।
सभामुख थापाले लिखित तथा मौखिक प्रश्न दर्ताका लागि मुख्यमन्त्री त्रिलोचन भट्टलाई पत्र पठाइएसकिएको बताए । उनले भने –‘मुख्यमन्त्रीले समय माग गरेपछि सदनमा जवाफ दिन लगाइने छ ।

‘संशोधन दर्ताको पनि सुनुवाई भएन’

सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश सभामा पेश गरेको एफएम, रेडियो तथा टिभी सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी नेपाली का“ग्रेसले बु“दागत रुपमा संशोधन प्रस्ताव दर्ता गराएको थियो । तर, यस सम्बन्धी पनि प्रक्रिया अघि बढ्न नसकेको प्रदेश सभा सदस्यहरुले गुनासो गरेका छन् ।
‘हामीले प्रदेश सभालाई सुझाव सहित विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएका थियौं, त्यो पनि अहिलेसम्म छलफलमा आउन सकेको छैन्’ प्रदेश सभा सदस्य खड्काले भने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार