१० श्रावण २०८१, बिहीबार

खाना महोत्सव : दैनिक एक हजार लिटर फाडो



धनगढी । होटल व्यवसायी संघ कैलालीले आयोजना गरेको प्रथम सुदूरपश्चिम खाना महोत्सवमा विभिन्न क्षेत्र तथा समुदायको मौलिक खानाका परिकारप्रति आकर्षण बढ्दै गएको छ ।
धनगढीमा जारी विश्व नेपाली साहित्य महोत्सवमा सहभागी बन्न नेपालका विभिन्न जिल्ला तथा भारतका विभिन्न राज्यका साथै अमेरिका, अष्टे«लिया, बर्मा लगायतका मुलुकबाट आएका साहित्यकारहरू र महोत्सव अवलोकन गर्न आउनेहरु बढिजसो फाडोमा बढि आकर्षित भइरहेका छन् ।
संघका सचिव आशिष चन्दले साहित्य महोत्सवका सहभागी तथा अन्यले फाडो निकै मन पराईरहेको बताए ।
सचिव चन्दले दैनिक एक हजार लिटर क्षमताको भाडोमा फाडो पाकिरहेको बताए ।
सुदूरपश्चिम क्षेत्रको परम्परागत खानपानको विषयमा अध्ययन गरिरहेका ग्लोवल नेप्लिज सेफ फेडरेसनका अध्यक्ष लक्ष्मण भण्डारी लगायतको टोलीले फाडोको व्यवसायिकरणको प्रयास गरिरहेको बताए ।
२० फागुनसम्म संचालन हुने खाना महोत्सवमा सुदूरपश्चिम प्रदेशमा उपलब्ध परिकारका स्टलहरू राखिएका छन् ।
होटल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बहादुर बमले प्रदेशका सबै नौ जिल्लाका परम्परागत खानाका परिकारका साथै मौलिक संस्कार र संस्कृति जोगाउन खाना महोत्सव आयोजना गरेको बताए ।
उनका अनुसार खाना महोत्सवमा गतानी डुब्का, रोट, माणा, निसौसे, बाबर, बटुक, ढिक्री, अन्डीभात, भुबुरे लगायतका परिकार राखिएको बताए । महोत्सवमा २५ प्रदर्शनी स्टलहरुमा स्थानीय परिकारहरु राखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार