२ जेष्ठ २०८१, बुधबार

सरकारी छाप र दस्तखत किर्ते प्रकरण : धरौटीमा बस्नेत छुटे



CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 100

धनगढी । सरकारी छाप र दस्तखत किर्ते गरेर राजश्व ठगरेको आरोपमा पक्राउ परेका धनगढीका औषधी व्यवसायी दुश्यन्त बस्नेतलाई धरौटीमा रिहा गरिएको छ । कैलाली जिल्ला अदालतले बिहीबार एक लाख १० हजार रुपैया धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।
जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखाका प्रहरी निरीक्षक प्रकाश कार्कीले अदालतको आदेशअनुसार धरौटी बुझाएर व्यवसायी वस्नेत रिहा भएको बताए । उनी गत माघ २८ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा उपस्थित भएका थिए ।
तर, प्रहरी कार्यालयमा उपस्थित भएकै दिन उनी अस्पतालमा भर्ना भएका थिए । नक्कली करचुक्ताको प्रमाणपत्र बनाएर करोडौं रुपैयाको औषधीको टेन्डर प्राप्त गरेका उनीविरुद्ध सरकारी छाप र दस्तखत किर्ते सम्बन्धी मुद्दा दायर भएको थियो ।
उनले अमित मेडिसिन, ड्रग सेन्टर र डिबी मेडिसिन नामका तीन वटा कम्पनी रहेका छन् । उनले आर्थिक वर्ष २०७३÷०७४ देखि २०७५÷०७६ सम्म पाएका हरेक औषधि आपूर्तिको ठेक्का लिन नक्कली करचुक्ता प्रमाणपत्र पेश गरेका थिए । उनले, तीन वर्षको अवधीमा गेटा आखा अस्पतालको छ करोड रुपैया बढी र सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय र सामाजिक विकास मन्त्रालयको गरी डेढ करोड रुपैया बढीको औषधी आपूर्ति ठेक्कामा नक्कली प्रमाणपत्र पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार