१ जेष्ठ २०८१, मंगलवार

सुदूरपश्चिम खाना महोत्सव शुरु



धनगढी । सुदूरपश्चिम प्रदेशको मौलिक तथा स्थानीय खानाको प्रबद्र्धनका लागि प्रथम सुदूरपश्चिम खाना महोत्सवको शुरु भएको छ ।
होटल व्यवसायी संघ कैलालीले आयोजना गरेको खाना महोत्सव बुधबार पञ्चकन्याले नौ वटा दियो बालेर उद्घाटन गरेका हुन् । खाना महोत्सव उद्घाटनपछि सुदूरपश्चिमको चर्चितबाट नरसिंह बजाइएको थियो ।
उद्घाटन मन्तव्य व्यक्त गर्दै आयोजक संघका अध्यक्ष कलम बमले नौ वटै जिल्लामा उत्पादन हुने मकै, कोदो, बेथे, फापर, जौंका परिकारहरु र प्रदेशमा रहेका विभिन्न जातजातिहरुको खानाहरु महोत्सवका मुख्य आकर्षणको रुपमा रहेको बताए । उनले स्थानीय उत्पादनलाई प्रयोग गरी स्थानीय उत्पादनलाई व्यवसायिक बनाउने र स्थानीय जनताको आयआर्जन बढाउनका लागि महोत्सव आयोजना गरिएको बताए ।


महोत्सवमा २८ वटा खानाका र नौं वटा अन्य वस्तुको स्टल छन् । महोत्सव स्टल प्रवेश निःशुल्क गरिएको छ र स्टल समेत निःशुल्क गरिएको संघका महासचिव केशवदत्त पाण्डेयले बताए ।
‘मौलिक परम्परा, संस्कृति र प्रकृति सुदूरपश्चिमको गहना, पर्यटन प्रबद्र्धन गरी आर्थिक समृद्धि ल्याउने हाम्रो चाहना’ भन्ने मुल नाराका साथ आयोजना भएको खाना महोत्सवमा साढे सात सय लिटरको भाँडोमा फाँडो पकाउन थालिएको छ ।
संघका अध्यक्ष बमले महोत्सवमा प्रदेशको स्थानीय उत्पादन प्रयोग गरी बनाएर खानाको परिकारलाई प्राथमिकता दिइएकाले प्रदेश बाहिर र विदेशमा समेत ति उत्पादनहरुको माग बढ्ने र स्थानीय उत्पादन निर्यातमा समेत सहयोग पुग्ने विश्वासले महोत्सव आयोजना गरेको बताए । महोत्सवबाट सुदूरपश्चिम प्रदेशको खाना स्वास्थ्य बद्र्धक, अर्गानिक र स्वादिष्ट रहेको विश्वास विदेशसम्म पु¥याउने र विदेशी पर्यटकहरुलाई सुदूरपश्चिम आउन लोभ्याउने अध्यक्ष बमले बताए । उनले महोत्सवमा प्लाष्टिक पूर्ण रुपमा निषेध गरिएकाले स्थानीय दुना, टपरी र बोहतामा खाना सर्भ गरिने बताए ।
संघले ग्लोबल नेप्जिल सेफ फेडेरेशनका केन्द्रीय अध्यक्ष लक्ष्मण भण्डारी टोली धनगढीमा आएर सुदूरपश्चिमको खानाहरुबारे अध्ययन थालेको जनाएको छ । संघका अध्यक्ष बमका अनुसार भण्डारीले सुदूरपश्चिमको हालसम्मकै ठूलो भक्के रोटी, सिंगै खसीको वार विक्यु र साढे सात सय लिटरको भाँडोमा फाँडो पकाउने तयारी छ ।
उनले पोखराको पख्र्यात बार टेण्डर्स समेत प्रदर्शन गर्ने तयारी भएको बताए । साथै महोत्सवमा साँझ ४ बजेदेखि हरेक दिन सुदूरपश्चिमको सांस्कृतिक कार्यक्रमहरु प्रदर्शन गर्ने तयारी गरिएको अध्यक्ष बमले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार