१ जेष्ठ २०८१, मंगलवार

छुट मुक्त हलियाको तथ्यांक संकलन गर्छौं– मुख्यमन्त्री



धनगढी । सुुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले छुुट मुक्त हलियाको तथ्यांक संकलन गर्ने कार्यक्रम अघि बढाउने बताएका छन् ।
‘विगतमा सरकारले मुक्त हलियाको तथ्यांक संकलन गर्दा धेरै छुटेको गुनासो आएका छन्’ राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालको दशौं वार्षिक साधारण सभाको धनगढीमा उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले भने– सरकारले छुट मुक्त हलियाको तथ्यांक संकलन गर्ने कार्यक्रम बनाउ“दै छ ।
मुख्यमन्त्रीले मुक्त हलियाको तथ्यांक संकलन गर्दा कोहीकसैले पनि कुनै पनि किसिमको आग्रह पूर्वाग्रह नराखेर निष्पक्ष ढंगले काम गर्न आग्रह गरे । उनले भने– विगतमा मुक्त हलियाको तथ्यांक संकलन कार्यमा संलग्न संकलक पनि कोहीकसैबाट प्रभावित भएका देखिन्छन् । सरकारका पनि कमिकमजोरी रहेको देखिन्छ ।
उनले मुक्त हलियाको न्यायिक पुनस्र्थापना गर्न प्रदेश सरकार कटिबद्ध रहेको बताए । उनले भने– ‘हलियाका न्यायिक समाधानका लागि तीन वटै सरकारबीच सहकार्य आवश्यक छ ।
मुख्यमन्त्री भट्टले मुक्त हलियाको समस्या एक दुुई वर्षभित्रै समाधान हुने बताए । उनले भने– थोरै संख्यामा रहेको यो वर्गको समस्या दुुई वर्षभित्र समाधान भइसक्नुुपर्ने थियो, तर सरकार र संघसंस्थाहरूको कमिकमजोरीका कारण समस्या बल्झिदै गएको देखिन्छ ।
मुख्यमन्त्री भट्टले प्रदेश सरकारले मुख्यमन्त्री एकिकृत वस्ती विकास कार्यक्रम अघि बढाउने पनि तयारी गरेको जानकारी दिए । उनले भने– एकिकृत वस्ती विकास कार्यक्रमलाई अघि बढाउन अध्ययन भइरहेको छ । अध्ययनमा जग्गाको अवस्था, मुक्त हलिया बस्तीको पहिचान लगायत रहनेछन् । उनले अध्ययन प्रतिवेदनका आधारमा घर निर्माण कार्य अघि बढाइने बताए ।
कार्यक्रममा प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले मुक्त हलियाका विषयमा तीनै तहका सरकार गम्भीर नभएको आरोप लगाए । उनले भने– तीनै तहका सरकारले मुक्त कमैया, मुक्त हलिया लगायत उत्पीडित वर्गका पक्षमा बजेट तथा कार्यक्रम बनाएको देखिदैन ।
सो अवसरमा पूर्व सभासद हरि श्रीपाईलीले मुक्त हलिया पुनस्र्थापनाका समस्या समाधानका लागि विगतमा उठेका आवाजको विभिन्न कारणले सम्बोधन हुननसकेको बताए ।
कार्यक्रम राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालका केन्द्रीय अध्यक्ष ईश्वर सुनारको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्य न्यायधिवक्ता कुलानन्द पाध्याय, उच्च स्तरिय भूमिसुधार आयोगका पूर्व सदस्य गणेश विश्वकर्मा, नेपाल पत्रकार महासंघका प्रदेश अध्यक्ष अर्जुन शाह, लुुथरन विश्व फेडरेशनका अधिकृत मनधोज खत्री, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ कैलालीका अध्यक्ष चक्र विक लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा सहभागीहरूले हलिया मुक्ति भएको १२ वर्ष पुगिसक्दा पनि समस्या जस्ताको त्यस्तै रहेको गुनासो गरेका थिए ।
राष्ट्रिय मुक्त हलिया समाज महासंघका अनुसार देशभरिका १२ जिल्लामा १६ हजार ९५३ मुक्त हलिया परिवार रहेका छन् ।
सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, अछाम, बझाङ, बाजुरा, बैतडी र दार्चुला तथा कर्णाली प्रदेशका सुर्खेत, जाजरकोट, हुम्ला लगायतका जिल्लामा हलिया प्रथा रहेको थियो ।
समाजका पूर्व अध्यक्ष राजुुराम भूलले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव पर्वत सुनारले गरेका थिए ।

विभिन्न व्यक्ति सम्मान

साधारण सभाको अवसरमा मुक्त हलिया समस्या समाधानमा योगदान पु¥याएका विभिन्न व्यक्तित्वहरूलाई कदरपत्र सहित सम्मान गरियो ।
कार्यक्रममा पूर्व सभासद श्रीपाईली, मुख्य न्यायधिवक्ता पाध्याय, उच्च स्तरिय भूमिसुधार आयोगका पूर्व सदस्य विश्वकर्मा, नेपाल पत्रकार महासंघका प्रदेश अध्यक्ष शाह, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका जिल्ला अध्यक्ष चक्र, राजुराम भुल, भीम कैनी, कलुवा लुहार, तुलाराम सार्की, धनीराम तिरुवा, अधिवक्ता गम्भिरसिंह ऐर, तारा श्रीपाईलीलाई सम्मान गरियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार