३ जेष्ठ २०८१, बिहीबार

खाना महोत्सवमा बारटेन्डर कला देखाइने



धनगढी । होटल व्यवसायी संघ कैलालीको आयोजनामा फागुन १४ गतेदेखि शुरु हुने खाना महोत्सवमा बारटेन्डर कला देखाईने भएको छ ।
सुदूरपश्चिम प्रदेशमा पहिलो पटक हुन लागेको खाना महोत्सवमा पोखराको चर्चित बारटेन्डर कला देखाईने जनाइएको छ ।
स्कुल अफ बारटेन्डर्स पोखरास“ग होटल व्यवसायी संघ कैलालीले बारटेन्डर्स कला देखाउने विषयमा सम्झौता समेत गरेको छ । होटल व्यवसायी संघका तर्फबाट अध्यक्ष कलमबहादुर बम र स्कुल अफ बारटेन्डर्स पोखराका संस्थापक शैलेश शाहीबीच शनिबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
बारटेन्डर्स कला देखाउनका लागि अन्तराष्ट्रिय स्तरका प्रशिक्षक धनगढी आउने होटल व्यवसायी संघका महासचिव आभेष चन्दले जानकारी दिए । बार टेन्डर्स कला देखाउन धनगढी आउन लागेका प्रशिक्षक गोविन्द थापा एसियास्तरको बार टेन्डर्स कार्यक्रममा रनरअप भएका थिए ।
सुदूरपश्चिमाञ्चल साहित्य समाजले आयोजना गर्न लागेको विश्व नेपाली साहित्य सम्मेलनस“ग सहकार्य गरेर धनगढी स्थित खुला मञ्चमा खाना महोत्सव आयोजना गर्न लागिएको होटल संघ कैलालीका अध्यक्ष बमले जानकारी दिए ।
महोत्सवमा २५ प्रदर्शनी कक्षमा स्थानीय परिकार मात्र रहने छन् । एक हजार लिटरको भाडामा फाणो पकाउने तयारी समेत गरिएको छ । सोही अवधिमा धनगढीमा हुने विश्व नेपाली साहित्य सम्मेलनको तयारी तीव्र पारिएको छ ।

होटल व्यवसायी संघ कैलालीले धनगढीमा सुदूरपश्चिमका खानाका परिकारहरूको प्रबद्र्धन गर्न ‘सुदूरपश्चिम खाना महोत्सव’ गर्न लागेको हो । विश्वभरका साहित्यकारहरूको जमघट भएको बेला आयोजना हुने खाना महोत्सवले सुदूरपश्चिम प्रदेशमा पर्यटक भित्र्याउन मद्दत पुग्ने विश्वास गरिएको होटल व्यवसायी संघका अध्यक्ष बमले बताए । उनले साहित्य सम्मेलन र खाना महोत्सवले सुदूरपश्चिम प्रदेशमा नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन समेत सहयोग गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार