३ जेष्ठ २०८१, बिहीबार

सुदूरपश्चिम प्रदेशमा पुनः वर्षा र हिमपात



धनगढी । सुदूरपश्चिम प्रदेशको तराई तथा पहाडी क्षेत्रमा पुनः वर्षा भएको छ भने हिमाली क्षेत्रमा हिमपात भएको छ ।
बिहीबार रातिदेखि नै सुदूरपश्चिम प्रदेशका अधिकांस जिल्लामा वर्षा भएको छ । भने बझाङ, बाजुरा, दार्चुला लगायतका हिमाली क्षेत्रमा हिमपात भएको छ । सुदूरपश्चिम प्रदेशमा यस वर्ष हिउदमा वर्षा तथा हमिपात भएको यो छैठौं पटक हो ।
प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा शुक्रबार बिहानदेखि वर्षा तथा हिमपात भएको जनाइएको छ । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तडमा शुक्रबार बिहानदेखि हिमपात सुरु भएको खप्तडमा तैनाथ रहेको नेपाली सेनाको गुरुगोरख गुल्मले जनाएको छ ।
गत माघ २० गते परेको हिउ“ पग्लिन नपाउ“दै फेरि शुक्रबार हिमपात भएकोे खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।
बझाङ, बाजुरा तथा अछामका उच्च लेकाली क्षेत्रमा शुक्रबार बिहानदेखि फेरि हिमपात सुरु भएको बताइएको छ ।
खप्तडस्थित झिग्राना, पानीखाल, शिखर, गोवडालेक, बडीकेदारथानलगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भइ चिसो बढेको छ ।
कैलाली र कञ्चनपुरमा भएको वर्षातका कारण ईट्टा व्यवसायीलाई करोडौंको क्षती पुगेको जनाएका छन् । हिउ“दे वर्षाका कारण पटक–पटक क्षति व्यहोर्दै आएका इट्टा व्यवसायीहरूले बिहिबारराती देखि परेको वर्षाका कारण पनि क्षति व्यहोर्नु परेको गुनासो गरे । प्रदेशमा रहेका झण्डै ९० इट्टा उद्योगबाट वार्षिक ४० करोडको संख्यामा इट्टा उत्पादन हु“दै आइरहेकोमा यस बर्ष बर्षाका कारण उत्पादनमा समस्या भएको उनीहरू बताउ“छन् ।
कञ्चनपुर जिल्लाको पुनर्वास क्षेत्रमा रहेका १५ वटा ईट्टा भट्टामा मात्रै बर्षातले करिब एक करोड रुपैया भन्दा माथीको ईट्टा गलेर नष्ट भएको पुनर्वास ईट्टा व्यवसायी संघ तथा पुनर्वास उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण तामाङले जानकारी दिए ।
गत मङ्सिर २८ गतेदेखि बर्षातका कारण तयार हुनै लागेका का“चा इट्टापूर्ण रुपमा नष्ट भएपछि सुदूरपश्चिममा इट्टाको अभाव भईरहेको अवस्थामा शुक्रवारको बर्षाले फेरी उद्योगमा ठूलो क्षती पुगेको सुदुरपश्चिम ईट्टा व्यवसायी संघका अध्यक्ष विरवल विश्वकर्माले बताए ।
उता, वर्षाका कारण डडेल्धुरामा जारी ‘सुदूरपश्चिम प्रदेशस्तरीय कृषि, पर्यटन औद्योगिक व्यापार मेला एवं चौथो डडेल्धुरा महोत्सव’ प्रभावित भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न आयोजना गरिएको महोत्सव बिहीबार रातिदेखिको लगातारको वर्षा र हावाहुरीले प्रभावित भएको हो ।
हावाहुरीले महोत्सव स्थलमा बनाइएका स्टेज, स्टल, प्रवेशद्वारलगताय ढलेका छन् । डडेल्धुरा उद्योग वाणिज्य संघ डडेल्धुराले भ्रमण वर्षलाई सफल बनाउन र यहा“का ऐतिहासिक पुरातात्विक सांस्कृतिक धार्मिक एवं पर्यटकीय स्थलको प्रवर्द्धन गर्न आयोजना गरिएको महोत्सवको बिहीबार एक कार्यक्रमकाबीच सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहोराले उद्घाटन गरेका थिए ।
‘सुखी नेपाली समृद्ध नेपालः कृषि पर्यटन उद्योग र व्यापार, समृद्धिको आधार’ भन्ने मूल नाराकासाथ बिहीबारदेखि सुरु भएको महोत्सव १८ गतेसम्म संचालन हुनेछ । मौसम आएको खराबीका कारण महोत्सव प्रभावित भएको र मौसम सुधार आएपछि महोत्सव संचालनमा आउने उद्योग वाणिज्य संघ डडेल्धुराका अध्यक्ष लोकराज भट्टले बताए ।
उनका अनुसार महोत्सवमा बनाइएका स्टेज, स्टल, प्रवेशद्वारमा सामान्य क्षति पुगेको छ । शुक्रबारका लागि तय भएका कलाकार जिल्लाका पुगिसकेका र शनिबार, आईतबार आउने कलाकारहरूलाई मौसम सुधार भएपछि मात्र बोलाइने अध्यक्ष भट्टको भनाइ छ । शुक्रबार डडेल्धुरामा ५ मिलिमिटर वर्षा भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार