१० श्रावण २०८१, बिहीबार

आमरण अनसन बसेका लक्ष्मणको स्वास्थ्यमा समस्या



धनगढी । तीन दिनदेखि आमरण अनसनमा रहेका थरुहट÷थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुको स्वास्थ्य अवस्थामा समस्या आएको छ ।
टीकापुर घटनामा जेलजिवन बिताइरहेका रेशम चौधरीसहित ११ जनाको रिहाई सहित विभिन्न १४ बुँदे माग राख्दै फागुन १ गतेदेखि धनगढीस्थित क्याम्पस चौक (गुरही)मा लक्ष्मण आमरण अनसनमा बसेका छन् ।
सेती प्रादेशिक अस्पतालका फिजिसियन डाक्टर निराजन दत्त शर्मा पौडेलले लक्ष्मणको स्वास्थ्य अवस्था विस्तारै विग्रदै गएको जानकारी दिए । उनले लक्ष्मणको शरिरमा सुख्खापनको मात्रा बढ्दै गएको, मुटुको धडकनमा उतार चढाव भइरहेको बताए । डाक्टर निराजन अनसन स्थलमै पुगेर लक्ष्मणको स्वास्थ्य परिक्षण गरेका थिए । उनले लक्ष्मणलाई अस्पताल भर्ना हुन सुझाव दिइएको बताए ।
थरुहट÷थारुवान संघर्ष समितिका प्रवक्ता माधव थारुका अनुसार संयोजक लक्ष्मणमा विहानैदेखि टाउको दुख्ने, चक्कर आउने लगायतका समस्या देखिएको थियो । उनले भने –‘हिजो आफै हिड्डुल गर्नुहुन्थ्यो आज हात समातेर हिडाउनुपर्ने अवस्था रहेको छ ।’
डाक्टर निराजनले दुई दिनसम्म खाना नखाएर बस्दा स्वास्थ्यमा गढबढी भएको बताए ।
आदिवासी जनजाती महासंघका अध्यक्ष गोविन्द छत्यालले आमरण अनसन बसेको ४८ घण्टा बढी भइसक्दा समेत सरकारको आधिकारिक मानिसले भेटघाट गर्न नआएको गुनासो गरे । उनले भने –‘हामीले विगतदेखिनै १४ बु“दे माग अघि सारेका छौं । तर, सरकारले वेवास्ता गरिरहेको छ ।’
थरुहट÷थारुवान संघर्ष समितिका प्रवक्ताका माधव थारुका अनुसार शनिबार दिउ“सो तीन घण्टा चक्का जाम गरिने बताए ।
थरुहट÷थारुवान टीकापुर मुद्दा खारेज गर्नु पर्ने, टीकापुर घटनाको छानबिनका लागि गिरीशचन्द्र लालको नेतृत्वमा गठित छानबिन आयोग र देवीराम शर्माको नेतृत्वमा गठित छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्नु पर्ने माग गरेको छ । उनीहरूले संविधान संशोधन गर्नु पर्ने समेत माग गरेका छन् ।
संविधानको धारा १८, ३८, ४२, ५६, २७४ र अनुसूची ४ प्रति मोर्चाको असहमति जनाउ“दै आएको छ । यस्तै, भदौ ७ गतेको टीकापुर घटनाको प्रतिशोधमा भदौ ८ गते थारु समुदायको घर, व्यापारिक प्रतिष्ठान लगायतमा आगजनी, तोडफोड र लुटपाट गर्ने दोषीलाई कानुनी कारबाही गर्नु पर्ने माग अगाडि सारेको छ । टीकापुर घटना राजनीतिक भएकाले यसको समाधान राजनीतिक रूपमा नै हुनु पर्ने मोर्चाको माग छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार