१० श्रावण २०८१, बिहीबार

भिडियो कन्फरेन्समार्फत विधेयकबारे सुझाव संकलन



धनगढी । सुदूरपश्चिम प्रदेश सभामा अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले भिडियो कन्फरेन्समार्फत विधेयकबारे सुझाव संकलन गरेको छ ।
संसदीय समितिले बिहीबार भिडियो कन्फरेन्समार्फत साझेदारी व्यवसाय दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ बारे सुझाव संकलन गरेको छ ।
अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले भिडियो कन्फरेन्समार्फत् प्रदेशका नौ वटै जिल्लाका जिल्ला समन्वय समिति र उद्योग बाणिज्य संघहरूबाट विधेयकका प्रावधानहरूबारे रायसुझाव संकलन गरेर प्रतिवेदन तयार गरेको जनाएको छ ।
समितिका सभापति हर्कबहादुर कु“वरले सो विधेयकमाथि दफावार छलफल गर्दै जिल्ला समन्वय समितिहरू र उद्योग वाणिज्य संघका प्रतिनिधिहरूसंग सुझाव संकलन गरेको बताए । सभापति कु“वरले प्रदेशका अछाम, बाजुरा, डोटी र बैतडी जिल्लाबाट महत्वपूर्ण सुझाव प्राप्त भएको बताए ।
प्रदेश सभाको बिहीबारको बैठकबाट सो विधेयकको दफावार छलफल टुंग्याएर प्रतिवेदन तयार गरी संसद् सचिवालयमा दर्ता गराएको सभापति कुँवरले बताए । उनले आज (शुक्रबार) को प्रदेश सभाको बैठकमा सो प्रतिवेदन प्रस्तुत गरिने बताए ।

संसद् बैठक स्थगित

सुदूरपश्चिम प्रदेश सभाको बैठकमा प्रदेश सभा सदस्यहरूको उपस्थिति कम हुने भएपछि बिहीबार आव्हान गरिएको बैठक स्थगित गरिएको छ ।
प्रदेश सभा सचिवालयले सूचना टाँसेर बैठक स्थगित भएको जानकारी गराएको थियो । प्रदेश सभाको अर्को बैठक आज (शुक्रबार) दिउ“सो १ बजे बस्ने प्रदेश सभा सचिवालयका सचिव रामसिंह धामीले बताए ।
उनका अनुसार बिहीबारको बैठकमा नीजि व्यवसाय दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफवार छलफल गरी अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले सभामा पेश गरेको प्रतिवेदनमाथि छलफल गर्ने विषय सूचि रहेको थियो ।
उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले सो विधेयक पास गर्न प्रस्ताव पेश गरी सो विधेयक पास गर्ने कार्यसूचि समेत थियो । तर बैठक स्थगित भएपछि बिहीबार सो विधेयक पारित हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार